अर्घाखाँचीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको पुन: स्थापनापछि सार्वजनिकीकरण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको   सन्धिखर्कमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको रूपमा पुन: स्थापना भएको छ।  
अर्घाखाँचीबाट बिस्थापित जिल्ला पशु सेवा  कार्यालय, अब सन्धिखर्कमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको रूपमा ४ वर्षपछि  पुन: स्थापना भएको हो । 
सार्वजनिकीकरण कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले पुन जिल्लामा अधिकार सहित पशु सेवा विज्ञ केन्द्र स्थापनाले अर्घाखाँचीकका कृषकहरुलाई धेरै राहत मिलेकको बताउनु भएकको छ । उहाँले य स कर्यालयले कार्यान्यन गर्ने योजनाहरु पादर्शि र बास्तबिक कृषककोमा पुग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी हरि घिमिरे कर्मचारी राधा पाण्डे ,रेडक्रसका अध्यक्ष कुशल भुसाल ,समाजसेबी सहयोगी बि सी लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका निमितm प्रमुख बिष्णु पौडेलले आर्थिक वर्ष २०७८।८९ को कार्यक्रम बजेटको बारेमा जानककारी गराउनु भएको थियो । पशु प्रराबिधिक योगेन्द्र मरासिनीको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुख , उद्योगी , कृर्षक ,पत्रकार मासु ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु