अर्घाखाँचीमा एमालेको आठौं जिल्ला अधिवेशन शुरु (भिडियो फोटो फिचर)
पौष २३ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीको आठौं जिल्ला अधिवेशन शुरु भएको छ ।
सन्धिखर्कमा आज शुक्रवार एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशन शुरु भएको हो । आठौं जिल्ला अधिबेशनको प्रमुख अतिथि टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए ।
नेकपा एमालेका सचिब टोपबहादुर रायमाझीले देशको राजनितिक अबस्था टुटफुट र धुब्रिकरणको अबस्थाबाट गुज्रिरहेको बताउनु भएको छ । रायमाझीले यस्तो बताउनु भएको हो । देशलाई आर्थिक समृद्धि मार्फत समाजबादमा पु¥याउनुपर्नेमा जोड दिनुभएका रायमाझीले पछिल्लो समय जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको बताउनुभयो ।
पाँच दलिय गठबन्धनले शक्तिशाली र खतरनाक शक्ति एमालेलाई मानेको बताउदै रायमाझीले प्रचण्ड र माधब नेपाल नेपाली काँग्रसको घोषणापत्र र बुढो रुखको ओत लागी पुच्छर बनेर हिड्दा दंग परेको आरोप पनि लगाउनु भयो । रायमाझीले आउँदो चुनावमा आफ्नो पार्टी एक्लै सत्तारुढ गठबन्धनको सामना गर्न सक्षम रहेको भन्दै असंवैधानिक तरिकाले वर्तमान सरकार बनेकोले यो सरकारलाई आगामी निर्वाचनबाट हटाउन सबैलाई अपिल पनि गर्नुभयो । उहाँले संसदबाट नभइ परमादेशबाट बनेको सरकारलाई आगामी चुनावमा पराजित गर्नुपर्नेमा जोड दिनुभयो ।
पुर्बउपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले आफुलाई जनयुद्धको नेता मान्ने प्रचण्डले राष्ट्र राष्ट्रियता र जनताकोलागी कुनैपनि काम गर्न नसकेको आरोप पनि लगाउनुभयो । रायमाझीले नेकपा माओबादी केन्द्रको सांगठनिक हालत नेकपा मसाल र नेता मोहन बिक्रम सिंहक जस्तै हुने दाबि गर्नुभयो । उहाँले देशमा कि त मदन भण्डारीको चर्चा चलेको कि त केपि शर्मा ओलीकै चर्चा चलेको भन्दै राष्ट्र र जनताको अभिभारा नेकपा एमालेको काँधमा रहेको दाबि गर्नुभयो । रायमाझीले पद र स्वार्थकालागी केहि साथीहरु पार्टीबाट भागेपनि पार्टीमा प्रबेशगर्नेहरुको लहर बढ्दै गएको भन्दै पार्टी प्रबेश कार्यक्रमलाई आगामी माघबाट अभियानकै रुपमा लैजाने बताउनु भयो । उहाँले पार्टी प्रबेश कार्यक्रम अन्र्तगत अहिले टेलर मात्रै देखाएकोले माघ पछी पुरै फिल्म देखाउने दाबि समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्काले प्रचण्ड भाईरस संग माधब नेपाल पछि लागेको आरोप लगाउनु भयो । खड्काले तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम घोषित गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्ड र माधबले नेता मानेर हिडेको भन्दै आगामी चुनाबमा एमालेलाई बिजयमा पु¥याउनुगर्नेमा जोड दिनुभयो ।
पार्टी जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता,उपाध्यक्ष जिबनारायण कोईरालाको स्वागत मनतब्य र सचिब बिधान रायमाझीको सञ्चालनमा सम्पन्न उद्घाटन शत्रमा एमाले अर्घाखाँची जिल्ला सहईन्चार्ज बोमबहादु बिक,पुर्ब केन्द्रीय सदस्य नजिर मियाँ,केन्द्रीय सल्लाहकार परीषद् सदस्य नरेन्द्र कुमार क्षेत्री,लक्ष्मण रायमाझी,प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे,प्रदेश सदस्य जालपा भुसाल, केन्द्रीय शिक्षा बिभागका पुर्ब सदस्य भोजबहादुर शाह,नेपाल बुद्धिजिबि परीषद्का सदस्य मधुसुदन अधिकारी,सन्धिखर्क नगर अध्यक्ष श्रीकृष्ण भुसाल, नेकपा माओबादी केन्द्र परीत्याग गरी एमालेमा प्रबेश गर्नुभएका राजेन्द्र जिसी लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
अधिवेशनमा सन्धिखर्कबाट ९९, मालारानीबाट ७२, शितगंगाबाट ६८, पाणिनिबाट ६४, भुमिकास्थानबाट ६१, छत्रदेवबाट ५६, शाखाबाट १५, आयाेजक कमिटी १००, मनाेनित २७ गरि कुल ५६३ प्रतिनिधि सहभागी छन् । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीकाे निर्माण गर्नेछ ।
उता यसअघि आठौं जिल्ला अधिवेशनका लागि अर्घाखाँचीका ६ स्थानीय तहका ६१ वडा र शाखा सबैमा सर्वसम्मत प्रतिनिधि चयन भएका गरिएको थियो । शाखा र वडाबाट गरी ४ सय ३६ जना प्रतिनिधि चयन भएका छन् । १ सय सदस्यीय जिल्ला कमिटीका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था छ । २७ जना प्रतिनिधि जिल्ला कमिटीको बैठकले मनोनीत गरेको छ । जिल्ला अधिवेशनका लागि ५ सय ६३ जना प्रतिनिधि छन् ।