अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा श्री अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्री बितरण सहकारी सस्था लिमिटेडको छैटौं साधारण सभा सम्पन्न भएको छ ।
सन्धिखर्कमा आज श्री अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्री बितरण सहकारी सस्था लिमिटेडको छैटौं साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसालले पानसमा दिप प्रज्वन्न गरि उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ्ग रायमाझी वार्ड नम्बर ८ का अध्यक्ष नारायण अर्यालको अतिथ्यता रहेको कार्यक्रम सहकारीका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता पुष्कर बन्जाडेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।