दुर्गाफाँटमा पाणिनी गाँउपालिकाका कर्मचारीहरुको मैत्रीपुर्ण भलिवल खेल सम्पन्न, इन्जीनियर पौडेलको समुह प्रथम (तस्बिरहरु)
पौष २४ गते, २०७८ मा प्रकाशित
डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । “स्वास्थ्यको लागी खेल-राष्ट्रको लागी खेल” भन्ने उद्देश्य लिएर पाणिनी गाँउपालिकाले विभिन्न समयमा खेलकुद का कार्यक्रम गर्दै आएको छ ।
यसैविच आज शनिवार पाणिनि गाँउ पालिका कर्मचारीहरु विचकोमैत्रीपुर्ण खेल सम्पन्न भएको छ । पाणिनी गाँउ पालिकाले निकट समयमै अन्तर पालिका स्तरीय भलिवल खेलको आयोजना गर्ने तयारीगरेको पाणिनि गाँउ पालिका शिक्षा,युवा तथा खेलकुद शाखा अधिकृत तेज वहादुर खनालले वताउनु भएको छ ।
पाणिनी गाँउ पालिका ले अध्यक्ष कप,अन्तर वडा स्तरिय तथा अन्तर पालिका स्तरिय खेलमा पालिका कर्मचारीको टीम समेत समावेशगराउने उद्देश्यले खेल भएको वताउनु भएको छ । पाणिनि गाँउ पालिका इन्जीनियर मोहराज पौडेलले पालिकाले स्थानीय निकायमाखेलकुदलाई महत्वपूर्ण स्थान दिएको वताउनु हुन्छ । हामी कर्मचारीलाई प्रोत्साहन गर्दै समय समयमा खेलकुद आयोजन गरेर पालिकाले सराहनीय काम गरेको पाणिनि गाँउ पालिका उद्यम विकास सहजकर्ता दिनेश शर्मा ले वताउनु भएको छ । पाणिनि गाँउ पालिका माभौतिक विकास सँगै खेलकुद को क्षेत्रमा समेत विकास गर्नका लागी पालिका निरंतर प्रयास गरेको पाणिनी गाँउ पालिका प्रमुखप्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले वताउनु भएको छ
आज शनिवार पाणिनि गाँउ पालिकाको दुर्गाफाँटमा टीम “ए” माधव घिमिरेको गाढ़ानिलो जर्सी, टिम “वि” राम चन्द्र चुदाली सेतो जर्सी रटिम “सि”मेहराज पौडेल स्काई व्लु जर्सी मध्ये मोहराज पौडेलको टिम प्रथम,राम चन्द्र चुदालिको टिम द्वितीय र माधव घिमिरेको टिमल्लेतृतीय स्थान प्राप्त गर्न सफल भएको छ । खेलाडीको जर्सी लाई हाम्जा निर्माण सेवा ,खनाल वर्दस तथा निर्माण र रिता एण्ड साहित्यस्टोर ले सौजन्य गरेको जनाईएको छ ।
भलिवल खेलको प्रथम पुरस्कार २५ हज़ार रहेको छ जुन पुरस्कार पाणिनी गाँउ पालिका अध्यक्ष अच्युतले सौजन्य गर्नु भएको छ । द्धतियपुरस्कार १५ उपाध्यक्ष लक्ष्मी गौतम र तृतीय पुरस्कार १० प्रमुख प्रशासनिक अधिकृत नेत्र प्रसाद घिमिरेले सौजन्य गरेको योजना शाखा कर्मचारि प्रकाश भट्टराईले जानकारी गराउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।