डिभर्नामा चार तारा बहुदेश्यीय सहकारीकाे क्षमता अभिबृद्धि तालिम तथा प्रबिधि हस्तान्तरण


प्रेमनारायण आचार्य 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । चार तारा बहुदेश्यीय सहकारी सस्था सन्धिखर्क १२ काे आयाेजनामा शेयर सदस्यहरुका लागि क्षमता अभिबृद्धि तालिम तथा प्रबिधि हस्तान्तरण कार्यक्रम आज शुरु भएको छ । 
तालिमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहकारीको माध्यमबाट शेयर सदस्यहरुलाई स्वराेजगार बन्न आग्रह गर्नुभयो । 
उहाँले सहकारी सबैकाे साझा सस्था भएको बताउदै सहकारीको प्रबर्द्धनमा नगरपालिकाले सहयोग गर्दै आएकाे बताउनुभयो । 
कार्यक्रममा सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्का , सहकारीका सल्लाहकार लिलाधर बस्याल , लगायतले मन्तब्य राख्नु  भएको थियोे । 
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य झमन कुमारी श्रेष्ठ , कार्यपालिका सदस्य हिमकला टमाटा, वडा सदस्य बाबुराम बस्याल  , ज्ञान प्रकाश माविका प्रधनाध्यापक सुर्य प्रसाद खनाल , पत्रकार प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियोे ।
तालिमको सहजीकरण हरिवहादुर खड्काले गर्नु भएको छ । 
तालिम तथा प्रबिधि हस्तान्तरण कार्यक्रमकाे उद्घाटन समारोह सहकारीका अध्यक्ष कृष्ण बहादुर खड्काको  अध्यक्षता , कृष्णबहादुर बस्यालकाे स्वागत मन्तब्य   र बिक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हाे । 

अन्य समाचारहरु