अर्घाखाँचीमा एमाले निकट युवा संघका केन्द्रिय सचीव भुसालद्वारा पार्टी परित्याग | जिल्लभर धमाधम एमाले छोड्ने एसको दावी


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीको आठौं  जिल्ला अधिवेशन सम्पन्न सँगै जिल्लभर कार्यकर्तामा व्यापक असन्तुष्टी  बढेको छ ।
सन्धिखर्कमा एमाले अर्घाखाँचीको आठौं  जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष पिताम्बर भुसाल लगायत ९० जनाको जिल्ला कमिटीलाई लिएर राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचीव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् ।
पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग परित्याग गरेको सचीव भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन् ।
उनले लेखेका छन्  “प्रस्तुत बिषयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) निकट रास्ट्रिय युबासंघ नेपालको केन्द्रिय कमिटी सचीव तथा अर्घाखाँची जिल्लाको इन्चार्जको भुमिका मा रहि हाल सम्म निरन्तर राष्ट्रिय युवा संघ तथा पार्टीको बिकास बिस्तारमा दृढता पूर्वक लागिरहेको कुरा सम्पुर्णमा बिधितै छ ।    नेकपा (एमाले )का वडा,नगर हुँदै हालै सम्पन्न राष्ट्रिय  महाधिवेशन तथा जिल्ला अधिबेशन सम्म आइपुग्दा यस् पार्टी भित्र चरम गुटबन्दी , ब्याक्तीगत मनोमानी ,चरम अबसरबाद ,नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामी जस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु  एमाले पार्टी र यसका जनबर्गिय सङठनहरुमा रहेको निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मिति देखी राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिब लगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा (एमाले)को साधारण सदस्य समेत नरहने गरि एमाले परित्यागको घोषणा गर्दछु ।”
उता पुर्वअध्यक्ष चेत नारायण आचार्य पक्षले कोठामा बसेर जिल्ला अधिवेशनको एक हप्ता अगाडि नै ९० जनाको जिल्ला कमिटी लिष्ट तयार गरेर कुनै प्रक्रिया बिना हिजो निर्विरोध निर्वाचितको विवरण घोषणा गरेको  नेता, कार्यकर्ताको आरोप छ ।  
उता केही दिनमा अरु थुप्रो नेता, कार्यकर्ताहरुले धामाधम एमाले छोड्ने नेकपा (एकीकृत समाजवादी) का जिल्ला नेताहरुको दावी छ । 
गुटबन्दी, व्यक्तिगत मनोमानी, परिवारवादसहित नेतृत्वमा देखिएको निरंकुश अराजक प्रवृत्ति, अराजकताबाट आफूजस्ता इमान्दार र निष्ठावान् नेता तथा कार्यकर्ता एमाले पार्टी र जनवर्गीय संगठनमा रहेर काम गर्न नसक्ने भएकाले पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेको उनले बताए । उनले एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीप्रति लक्षित गर्दै एमाले नेतृत्व चरम अराजकतामा लागेकाले एमालेमा बस्न नसकिएको बताए ।
‘म २०-२५ वर्षदेखि सक्रिय राजनीति गर्दै आएको छु‚’ उनले भने‚ ‘मेरो राजनीति यात्रा निरन्तर नै रहन्छ । कहाँ गएर जोडिन्छ दुई/चार दिनमै मैले निर्णय गरेर सार्वजनिक गर्छु ।’ एमाले अर्घाखाँचीमा आफूसहित ५० जनाभन्दा बढी र लुम्बिनी प्रदेशमा पाँच सय युवा एमाले परित्याग गर्ने तयारीमा रहेकाले सरसल्लाह भैइरहेको भुसालले बताए ।
भुसाल पूर्वमाओवादीका युवा हुन् । पार्टी विभाजनपछि टोपबहादुर रायमाझी केपी शर्मा ओलीतिर लागेपछि उनीसहित जिल्लाका केही युवा एमालेतिर लागेका थिए ।
सन्धिखर्क नगरपालिका अर्घा घर भएका भुसालले सन्धिखर्कमा व्यावसाय गर्छन् । असन्तुष्ट युवाले रायमाझीले भतिज तोजबहादुर रायमाझी (विधान) लाई दोहोर्‍याएर एमाले जिल्ला सचिव र आफ्नी श्रीमती योगमाया रायमाझीलाई जिल्ला सदस्य बनाएर परिवारवाद लागू गरेको बताएका छन् ।
जिल्ला उपाध्यक्षका आकांक्षी खुबिराम आचार्यले पार्टीभित्र इमान्दार कार्यकर्तालाई पाखा लगाएर गरेको अधिवेशन निरंकुशताको पराकाष्ठा भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले उम्मेदवारीका लागि दिएको दरखास्त च्यातिदिएर अन्तिममा दिएको दस्तुर फिर्ता र दरखास्त कागज डस्टबिनमा फाल्ने काम गरिदिएको बताए ।
उनले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल)ले निरंकुश शैलीमा ७० प्रतिशत एमालेको जनमतलाई बाहिर फालेर जनमत नभएका केपी भुसाललाई बोकेर हिँडेको र अधिवेशनलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । खड्का पूर्वमाओवादी नेता हुन् ।
साथै  ९० जनाको एमाले जिल्ला कमिटी निर्विरोध निर्वाचितको विवरण यस्तो छ:   


अन्य समाचारहरु