चिदिकामा खानेपानी टंकी बितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


रुद्रमणी भुसाल 
चिदिका, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. १ चिदिकामा खानेपानी टंकी बितरण कार्यक्रम सम्पन्न भएको छ । छत्रदेव गाउँपालिकाको आर्थिक बर्षं २०७८/०७९ को स्विकृत कार्यक्रम अनुसार वडा बासीहरुलाई खानेपानी टंकी बितरण गरीएको हो ।
वडामा खानेपानीको समस्या समाधान गर्नका निम्ति टंकी बितरण गरीएको कार्यक्रमका प्रमुख अतिथि तथा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । उनले टंकीमा खानेपानि तथा आकासे पानीलाई संकलन गरेर उपयोग गर्दा पानी बोक्ने समयको पनि सदुपयोग गरी सिर्जनात्मक काममा लाग्न सके ब्यक्ती र पालीकालाई समेत फाइदा हुने बताउदै खानेपानीको समस्या समाधानको निम्ति पालिका सधैव लाग्ने बताए ।
कार्यक्रममा मन्तब्य राख्दै पालिका उपाध्यक्ष तुल्सि देबी श्रेष्ठले महिला दिदिबहिनीहरुलाई खानेपानीको समस्याका कारण घण्टौँ हिडेर खानेपानी बोक्नु पर्ने समस्यालाई अन्त्य गर्नको लागि टंकी बितरण गरीएको बताएककी छिन ।
कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति हरि भुसाल, एमालेका वडा कमिटी अध्यक्ष काजिबाबु ज्ञवाली, माओबादी केन्द्रका अध्यक्ष मेघ बहादुर ज्ञवाली, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष गोकर्ण बहादुर कुमाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लागायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम वडा सदस्यहरु जैलुन मिया, सिता आचार्य, राधा मुखिया, देउमाया नेपाली तथा वडा बासीहरुको उपस्थिती वडा अध्यक्ष प्रकास राज पन्थिको अध्यक्षता वडा सचिव नारायण ज्ञावालीको स्वागत मन्तब्य र शारदा खनाल पन्थिको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु