अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित ९० जनाको कमिटी खारेज नगरे सामुहिक राजिनामा दिने नेता खुबिराम आचार्यले बताएका छन् ।
एमाले अर्घाखाँचीको अधिबेसन निरंकुशताको पराकाष्ट भएको बताएका आचार्यले अधिवेशनबाट निर्विरोध निर्वाचित ९० जनाको कमिटी खारेज नगरे सामुहिक राजिनामा दिने नेता खुबिराम आचार्यले बताएका हुन् ।
नेता आचार्यले सामाजिक संजालमा असन्तुष्टी पोख्दै माग गरेका छन्; “इमान्दार कार्यकर्ता बाहिर राखेर नेता विशेषका मान्छे भर्ती केन्द्र पार्टी नबनाउ यो गल्ती तुरुन्त सच्चाउ, केही समय पर्ख र हेरमा बसौ नत्र सबैले एक साथ राजिनामा दिने तिर सोचौला ।”
उनले लेखेका छन्; “एमाले अर्घाखाँची जिल्ला अधिबेशनको नाम दिएर हिजो इमान्दार कार्यकर्ता हरु माथी गरियको प्रहार कुनै दिन पनि क्षम्य हुने छैन ।इमान्दार कार्यकर्ता पाखा लगाएर हिजो नेता विशेष ले मनगणन्ते आफ्ना मान्छे जिल्लाकमिटिमा भर्ती गरिएको प्रती घोर आपत्ती जनाउदै नेता भनाउदाले आफ्नो पकेटमेन भर्ती गरे पनि हामि इमान्दार कार्यकर्ता ले बनाएको पार्टि नेकपा एमाले भएकाले यो कमिटी नेता बिशेष को गुटको कमिटी मात्र हो। यश कमिटी बाट निरुत्साहित भएर पार्टी बाट राजिनामा न दिनुहुन सम्पुर्ण युबा साथी हरुमा हार्दिक अनुरोध गर्दछु। पार्टी अहिलेका नेता भनाउदा भजन मण्डली को मात्र होइन , हामी सबैइमान्दार कार्यकर्ता तथा सबै युबा कमरेड हरुको लगानि रगत पसिना भिजाएर बगाएको पार्टी भएका ले अहिले को यो अधिबेशन नाम दिएको कमिटी नेता विशेष को मात्र हो । इमान्दार कार्यकर्ता बाहिर राखेर नेता विशेष का मान्छे भर्ती केन्द्र पार्टी नबनाउ यो गल्ती तुरुन्त सच्चाउन अपिल गर्दै म सधै पार्टी प्रती इमान्दार कार्यकर्ता र युबा साथी हरु को साथमा म रहने छु । नेता बिशेष को पकेट मेनको बिरोध गरौ केही समय पर्ख र हेर को अबस्थामा बसौ । म सधै तपाईं हरु को सुख दुख दुखमा साथ मा छु अहिले राजिनामा नगरौ। केही समय पर्ख र हेर मा बसौ सबै शुभचिन्तक साथि हरु मा मेरो हार्दिक अनुरोध। जे गर्न परे तपाईं हरु को उचित सल्लाहाले हामी गरौला । “
जिल्ला उपाध्यक्षका आकांक्षी खुबिराम आचार्यले पार्टीभित्र इमान्दार कार्यकर्तालाई पाखा लगाएर गरेको अधिवेशन निरंकुशताको पराकाष्ठा भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले उम्मेदवारीका लागि दिएको दरखास्त च्यातिदिएर अन्तिममा दिएको दस्तुर फिर्ता र दरखास्त कागज डस्टबिनमा फाल्ने काम गरिदिएको बताए ।
उनले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल)ले निरंकुश शैलीमा ७० प्रतिशत एमालेको जनमतलाई बाहिर फालेर जनमत नभएका केपी भुसाललाई बोकेर हिँडेको र अधिवेशनलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।
उता पुर्वअध्यक्ष चेत नारायण आचार्य पक्षले कोठामा बसेर जिल्ला अधिवेशनको एक हप्ता अगाडि नै ९० जनाको जिल्ला कमिटी लिष्ट तयार गरेर कुनै प्रक्रिया बिना हिजो निर्विरोध निर्वाचितको विवरण घोषणा गरेको नेता, कार्यकर्ताको आरोप छ ।
यस्तै आठौं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष पिताम्बर भुसाल लगायत ९० जनाको जिल्ला कमिटीलाई लिएर राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचीव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग परित्याग गरेको सचीव भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन् ।
गुटबन्दी, व्यक्तिगत मनोमानी, परिवारवादसहित नेतृत्वमा देखिएको निरंकुश अराजक प्रवृत्ति, अराजकताबाट आफूजस्ता इमान्दार र निष्ठावान् नेता तथा कार्यकर्ता एमाले पार्टी र जनवर्गीय संगठनमा रहेर काम गर्न नसक्ने भएकाले पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेको उनले बताए । उनले एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीप्रति लक्षित गर्दै एमाले नेतृत्व चरम अराजकतामा लागेकाले एमालेमा बस्न नसकिएको बताए ।
‘म २०-२५ वर्षदेखि सक्रिय राजनीति गर्दै आएको छु‚’ उनले भने‚ ‘मेरो राजनीति यात्रा निरन्तर नै रहन्छ । कहाँ गएर जोडिन्छ दुई/चार दिनमै मैले निर्णय गरेर सार्वजनिक गर्छु ।’ एमाले अर्घाखाँचीमा आफूसहित ५० जनाभन्दा बढी र लुम्बिनी प्रदेशमा पाँच सय युवा एमाले परित्याग गर्ने तयारीमा रहेकाले सरसल्लाह भैइरहेको भुसालले बताए ।
भुसाल पूर्वमाओवादीका युवा हुन् । पार्टी विभाजनपछि टोपबहादुर रायमाझी केपी शर्मा ओलीतिर लागेपछि उनीसहित जिल्लाका केही युवा एमालेतिर लागेका थिए ।
सन्धिखर्क नगरपालिका अर्घा घर भएका भुसालले सन्धिखर्कमा व्यावसाय गर्छन् । असन्तुष्ट युवाले रायमाझीले भतिज तोजबहादुर रायमाझी (विधान) लाई दोहोर्याएर एमाले जिल्ला सचिव र आफ्नी श्रीमती योगमाया रायमाझीलाई जिल्ला सदस्य बनाएर परिवारवाद लागू गरेको बताएका छन् ।