सन्धिखर्कमा एन प्याब्शन अर्घाखाँचीको चौथो जिल्ला अधिवेशनको सम्पन्न, अध्यक्षमा थम्मन के.सी. चयन


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्कमा संस्थागत विद्यालयको छाता संस्था एन प्याब्शन अर्घाखाँचीको चौथो जिल्ला अधिवेशनको सम्पन्न भएको छ । 
 
एन प्याब्शनका राष्ट्रिय अध्यक्ष रितुराज सापकोटाले सरकारले संघिय शिक्षा ऐन २०७८ तत्काल ल्याउनुपर्ने माग गर्नुभएको छ । मा.वि.तहसम्मको शिक्षा हेर्ने जिम्मा स्थानिय सरकारमा आएको ४ बर्ष बढि हुँदा समेत शिक्षा ऐन नल्याएर समस्या उत्पन्न भएको भन्दै उहाँले शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेमा जोड दिनुभएको हो ।  सन्धिखर्कमा उद्घाटन गर्दै अध्यक्ष सापकोटाले शिक्षा क्षेत्रको समग्र हितको निम्ती संघिय शिक्षा ऐन जरुरी रहेको बताउनुभएको छ ।
सरकारको मापदण्ड भित्रै रहेर आफुहरुले शिक्षाको विकासमा खेलेको भुमिका बिर्सिएर सरकारले आफुहरुमाथि बिभेद गरेको पनि आरोप लगाउनुभएको छ । निजिमा पढेको विद्यार्थिले उच्च शिक्षा पढ्न जाँदा छात्रबृतिबाट बन्चित हुनुपर्ने र निशुल्क शिक्षा सम्बन्धि संविधानमा बिवादास्पद बुँदा राखिनु यसको उदाहरण भएको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष थम्मन के.सी.को स्वागत मन्तव्य र सह–कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीको संचालनमा सम्पन्न अधिवेशनको उद्घाटन शत्रमा एन प्याब्शस लुम्विनी प्रदेश अध्यक्ष सुवोध कुमार डाँगी,सचिव कुशुम रानाभाट,नेपालगञ्ज उपमहानगर एन प्याब्शन अध्यक्ष राजिवराज शर्मा,प्रदेश सदस्य जिवन गैरे लगायतले बोल्नुभएको थियो ।
यसैबिच अधिवेशनले थम्मन के.सी.को अध्यक्षतामा ११ सदस्यिय एन प्याब्शन अर्घाखाँचीको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा तारा प्रसाद बस्याल,सचिव नारायण भुसाल,सह–सचिव बाबुराम बराल,कोषाध्यक्ष कृष्ण प्रसाद वेल्वासे र सह–कोषाध्यक्षमा दुर्गा प्रसाद अधिकारी चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा विशाल खनाल,सिता घिमिरे,केशव खनाल,वेद प्रसाद पौडेल र प्रेम नेपाली चयन हुनुभएको छ ।
अधिवेशनले टेक बहादुर थापा,तिलक राम भट्टराई,वेदराज वेल्वासे,जिवन गैरे र ओम प्रकाश पौडेल सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरेको बताइएको छ । २०६३ सालमा गठन भएको एन प्याब्शन अर्घाखाँचीमा हाल १५ वटा निजि विद्यालय सदस्यको रुपमा रहेको समितिका सचिव नारायण भुसालले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु