श्याम घिमिरे
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको खनदहमा निवृत्त राष्ट्रसेवक समाज नेपाल मालारानी गाउँपालीकाको दोस्रो पालिका अधिबेशन सम्पन्न भएको छ ।
सोमवार सम्पन्न अधिवेशनले थानेश्वर खनालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको निर्बिराध चयन गरेको छ । जसको उपाध्यक्षमा हिम बहादुर राना,सचिबमा सिताराम आचार्य, कोषाध्यक्षमा टोपलाल खनाल र सहसचिबमा डिल्लीराज घिमिरे निर्विरोध चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा रामजी प्रसाद शर्मा,बिष्णु मिश्र,शान्ता जिसी र गगन बहादुर थापा लाई चयन गरेको छ । त्यस्तै अधिबेशनले डिलाराम खनाल र हुमबहादुर पुनलाई जिल्ला प्रतिनिधिमा चयन गरेको छ ।
समाजका केन्द्रीय महासचिब बिष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रयि सदस्य बिष्णुप्रसाद आचार्य,जिल्ला अध्यक्ष बिष्णुप्रसाद भुसाल,मालारानी ३ का वडाअध्यक्ष शोभाखर खनाल, संस्थाका जिल्ला सचिब कमलप्रसाद घिमिरे,सहसचिब नेता भुसाल,सदस्य हरीप्रसाद भुसाल र सल्लाहकार जिबनारायण खनाल लगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम थानेश्वर खनालको अध्यक्षता,रामजी प्रसाद शर्माको स्वागत मनतब्य र तिलकराम खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले समाजको स्थापना गरीएको हो । समाजले यहि माघ १९ गते जिल्ला अधिबेशन गर्दे छ ।