माधव बेल्वासे
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ७ अड्गुरीमा नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मिन बहादुर थापाको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यमा कार्यक्रम संचालन भएको हो । पाणिनी गाँउपालिकाका विभिन्न वडाहरुमा आफ्नो सेवा क्षेत्र विस्तार गरेको सहकारि आज अड्गुरीको भञ्ज्यागंमा सभा सम्पन्न गरेको छ ।
साधारण सभालाई संवोधन गदै प्रमुख अथिति न्यौपानेले आर्थिक पारदर्शिता र सहकारिको मर्मलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । उत्पादनमुलक क्षेत्रलाई प्रााथमिकता दिदै लगानि क्षेत्र फराकिलो बनाउन प्रयत्यनसिल रहन आग्रह गर्दै न्यौपानेले सानो क्षेत्रबाट र थोरै शेयर धनिबाट शुरु भएको सहकारि आजको अवस्था सम्म पुगेकोमा गर्व लागेको बताउनुभएको छ ।
कार्यक्रमका विशिष्ट अथिति पाणिनी गाँउपालिका वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारिले संथामा रहेको तरलता कम गर्नेतर्फ लाग्न सुझाव दिनुभएको थियो ।
संस्थाका कोषध्यक्ष तुल्सी पौडेलले आर्थिक प्रतिवेदन पेश गदै संस्थाको वित्तिय अवस्था तथा आलु पुजी र आय ब्यायको अवस्थाबारे प्रकाश पार्नु भएको थियो । संस्थामा रहेको तरलताका विषयमा समेत प्रष्ट पार्दै पौडेलले लगानी पारदर्शिता र विश्वसनिय भएकोले सहकारिले नाफा आर्जन गर्न सकेको बताउनुभएको हो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बक्ताहरुले उत्पादनमुलक क्षेत्रमा लगानि गर्दै गैर नाफामुलक तबरबाट सेवा प्रवाह गरेर निम्न स्तरका जनताको साथि बनेकोमा सहकारिको प्रशंसा गरेका थिए । शुभकामना मन्तब्य नेपाल रेडक्रस सोसाईटि अड्गुरी उपशाखाका सभापति शालिकराम बेल्वासे, शिक्षक ईन्दिरा थापा, जन प्रतिनिििध पदम महत्रा , नेकपा एमालेका वडा कमिटि उपाध्यक्ष कृष्ण प्रसाद बेल्वासे, नेपाली कांग्रेसका वडा सभापति रुद्र बहादुर महत्रा, पत्रकार माधव बेल्वासे लगायतले साधारण सभाले ल्याएका कार्ययोजनाहरु प्रभावकारि तवरले कार्यान्वयन हुने विश्वास ब्याक्त गर्नुभएको थियो ।
कार्यक्रममा रिणमा कारोवार गर्दै उत्कृष्ट उत्पादन गरेको भन्दै ४ जना किसानहरुलाई पनि नगद सहित सम्मान गरेको छ । यस्तै शैक्षिक सत्र २०७७ को एस.इ.इ. परिक्षामा उत्कृट जि.पि.ए ल्याउने शेयर धनिका एक एक जना छात्र छात्रालाई पनि नगद २ हजार सहित प्रमाणपत्रले सम्मान गरेको छ ।
कार्यक्रममा फरक फरक क्षेत्रका प्रतिवेदनहरु पनि पेश भएका छन् । जस अन्तरगत उत्पादनमुलक रिण उपसमितिको प्रतिवेदन का.बा. संयोजक शुशिल खनालले , लेखा समितिको प्रतिवेदन का.बा. संयोजक कृष्ण प्रसाद पोख्रेलले पेश गर्नुभएको थियो । यस्तै संस्थाको सांगठनिक प्रतिवेदन सचिव कासिराम पोख्रेलले गर्नुभएको थियो ।
९८७ शेयर सदस्य रहेको यस सहकारिको स्थापनाको २ दशक बितिसक्दा झन्द्रेक वचत तथा रिण सहकारि संस्था सँग गत आर्थिक वषमा मर्ज भएको थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष संस्थाको शेयर पुजी तिनगुना भन्दा माथि पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १९ लाख २३ हजार ९ सय शेयर पुजी रहेकोमा असार मसान्त सम्म ६२ लाख ४७ हजार २ सय पुगेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कौशिला पोख्रेलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सचिव काशिराम पोख्रेलले गर्नुभएको थियो ।