अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सचिव अनिल नेपाली सम्मानित हुनुभएको छ ।
शनिबार सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँचीले ९ औं साधारण सभाका अवसरमा नेपालीलाई सम्मान गरेको हो । पत्रकार नेपालीले सहकारीका गतिविधिलाई सञ्चारमाध्यमबाट आमनागरिक माझ पुर्याउन गरेको योगदानलाई कदर गरे वापत सम्मान गरेको हो ।
पत्रकार नेपाली विभिन्न सञ्चारसंस्थाहरुमा क्रियाशिल रहेका छन् । नेपाली नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सहसचिव समेत हुन् ।