अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कोभिड-१९ विरुद्ध खोप कार्यक्रम प्रगति र आगामी कार्यनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज मंगलबार सन्धिखर्क स्थित द ओल्ड एभरेस्ट होटलमा सरोकार बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अर्घाखाँचीडट्कमले गरेको पछिल्लो उप्डेट अनुसार अर्घाखाँची जिल्लामा १८ वर्ष माथिका लक्षित जनसंख्या १ लाख ३३ हजार ६ सय ५५ जनामा अहिलेसम्म १ लाख ३ हजार ३ सय ५० जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ७७.५५ प्रतिशत हो । यस्तै ८७ हजार ८ सय ८४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ६९.५४ प्रतिशत हो ।
यस्तै जिल्लामा ३० हजार ३ सय ५ जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ । भने ४५ हजार ७ सय ४४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ ।
यस्तै २९ हजार ९४ जनाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । अर्घाखाँची जिल्लामा जम्मा २ लाख १८ हजार ५ सय ९४ मात्रामा खोप आएको थियो ।
उता अन्तरक्रिया कार्यक्रममा जिल्ला तथा स्थानीय स्तरमा हालसम्म कोभिड-१९ विरुद्धको खोप अभियान प्रगति संचालन प्रक्रिया ,जिल्ला तथा स्थानीय स्तरमा आगामी कोभिड-१९ विरुद्धको खोप अभियान रणनीति, कोभिड-१९ विरुद्धको खोप अभियान तथा पुर्ण खोप सुनिश्चितता गर्न जिल्लामा कार्यरत सरोकारवालाहरुको भुमिकाको बारेमा छलफल गरि कार्ययोजना बनाउने बारेमा महत्त्वपूर्ण छलफल भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमु आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे ,प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा, ईश्वरिबकस गुल्मका गुल्मपति आदित्य शिलवाल,शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन ,प्रमुख अनुसंधान अधिकृत सन्तोष बस्नेत, शिक्षा इकाई तथा समन्वय प्रमुख मनिराम पराजुली समन्वय अधिकृत सृजना भुसाल , स्वास्थ कार्यालय का खोपअधिकृत राम प्रसाद गौतम ,खोप सुपरभाइजर राजाराम आचार्य कोभिड-१९ फोकल प्रसन बिजय बिक रेड्क्रस सभापति कुशल भुसाल सुआहारा कार्यक्रम निर्देशक कृष्ण प्रसाद पौडेल पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल लगायत को उपस्थित रहेको थियो ।
साथै स्वास्थ कार्यलय अर्घाखाँचीको आयोजना युएसआईडी सुआहाराको सहकार्यमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षता खोप सुपरभाइजर राजाराम आचार्यको स्वागत खोप अधिकृत राम प्रसाद गौतमको प्रीजनटेशन तथा कोभिड-१९ फोकलप्रशन बिजय बिकको संचालन मा सम्पन्न भएको थियोे ।