केशब खड़का
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको टुनी पोखरामा श्री हरिततारा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वाङ्लाको टुनी पोखरामा श्री हरिततारा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
शेयर सद्स्यहरुको उपस्थितिमा नरहरि श्रेष्ठको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा मुक्तिराम भण्डारी, सचिबमा कमल जोशी, कोषाध्यक्षमा अध्यक्षमा बिनोद आचार्य र सद्स्यहरुमा क्रमस- नारायण आचार्य, मदन भट्टराई, रेजिना भण्डारी रहेका छन् । यस्तै नम बहादुर सिंहको संयोजकतामा लेखा समिति गठन गरिएको छ । जसको सद्स्यमा कृस्न अधिकारी र उमा रिजाल रहेका छन् ।
२७ वर्ष अघि स्थापना गरिएको श्री हरिततारा बचत तथा ऋण सहकारी संस्थामा शेयर सद्स्य संख्या ३२८ जना छन् । जसमा महिला १७३ जना र पुरुष १५५ जना रहेका छन् । भने शेयर पुजि रकम १३,१२,०००।०० रहेको छ । यस सस्था ले ब्याजदर लिने दर – १२% र दिने दर – ७% रहेको छ ।