अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताल विकास समितिका अध्यक्ष र सदस्यहरु हटाईने भएको छ ।
लुम्बिनी प्रदेश सरकारकाे मन्त्रीपरिषदको निर्णय अनुसार ओली सरकारका पालामा नियुक्त भएका जिल्ला अस्पतालकाे अध्यक्ष श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पाैडेल हटाईने भएको हो ।
अध्यक्ष श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पाैडेललाई गत वैशाख ३१ गते शुक्रवार लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेको थियो ।