अर्घाखाँचीमा अब कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य, मोबाइलमा फोटोमात्रै भए पनि हुने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समित (डिसिएमसी)को बैठक सम्पन्न सम्पन्न भएको छ । 
सन्धिखर्कमा आज मंगलबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समित (डिसिएमसी)को बैठक सम्पन्न सम्पन्न भएको हो । 
बैठकले माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ। यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ। सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्नसमेत भनिएको छ। 
आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न  भनिएको छ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ। 
अर्घाखाँचीडट्कमले गरेको पछिल्लो उप्डेट अनुसार अर्घाखाँची जिल्लामा १८ वर्ष माथिका लक्षित जनसंख्या १ लाख ३३ हजार ६ सय ५५ जनामा अहिलेसम्म १ लाख ३ हजार ३ सय ५० जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ७७.५५ प्रतिशत हो ।  यस्तै ८७ हजार ८ सय ८४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ६९.५४  प्रतिशत हो ।
यस्तै जिल्लामा ३० हजार ३ सय ५ जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ । भने ४५ हजार ७ सय ४४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ । 
यस्तै २९ हजार ९४ जनाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । अर्घाखाँची जिल्लामा जम्मा २ लाख १८ हजार ५ सय ९४ मात्रामा खोप आएको थियो ।  

अन्य समाचारहरु