श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीको भद्रीखोलामा बसोवास गर्ने वादी समुदायका लागि खानेपानी बितरण गर्न खानेपानी टंकीको शिलान्यास गरीएको छ ।
१५ हजार लिटर पानी अट्ने क्षमता रहने टंकीको सन्धिखर्क वडानम्वर २ का वडाअध्यक्ष मोतिजंग रायमाझीले आज एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । कार्यक्रममा मनतब्य राख्दै रायमाझीले बादी समुदायपनि अरु समुदायजस्तै बराबर हुनुपर्ने बताउनुभयो । उहाँले बादी समुदायको समग्र बिकासकोलागी आफुहरुलागी परिरहेको भन्दै बिकास निर्माणमा सबैको सहयोग चाहीने कुरामा जोड दिनु भयो । रायमाझीले निर्वाचनमा जनतासामु गरेका बाचाहरु बिस्तारै पुरागर्दे गएको बताउनु भयो ।
सन्धिखर्क २ का वडासदस्य शुश्मा श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडासदस्यहरु मिना साँवत,हिमबहादुर मुखिया,यमलाल पौडेल,एमाले सन्धिखर्क २ का पार्टी अध्यक्ष नारायण खड्का,सचिब पदम भुसाल,उपसचिव पबित्रा सापकोटा लगायत स्थानिय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
करीब १० लाख रुपैयाको लागतमा सम्पन्न हुने उक्त योजना, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीको सहयोग र उपभोक्ता समितिको श्रमदानमा सम्पन्न हुने जनाईएको छ । योजनाबाट १५ घरपरीवारका झण्डै ७५ जना लाभाम्वीत हुने उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी बादीको भनाई रहेको छ ।
यसअघि बादी समुदायका ११ घरपरिवार र संगै बस्दै आएका दुई दलित परिवार गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम र सन्धिखर्क नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिनुका साथै सोलार बत्ती समेत वितरण गरेका थिए । झन्डै चार दशकदेखी भद्रिखोलाकै सामुदायिक वनमा बस्दै आएका बादी समुदाय अहिले पक्की घरमा बस्दै आईरहेका छन् ।