अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) – एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्यमा २९ बर्षीय युवा प्रदिप नेपाली सर्वसम्मत निर्वाचित भएका छन्।
सन्धिखर्क नगरपालिका–२ निवासी प्रदिप नेपाली जिल्लाको ८ औ अधिवेशनबाट दलित खुल्ला सदस्य पदमा सर्वसम्मत निर्वाचित हुन्।
१५ वर्षको उमेरमा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुकाे सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा शुरु गरेका नेपाली १४ वर्षमा जिल्ला तहको नेतृत्वमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
अनेरास्ववियु प्रारम्भिक कमिटीवाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका नेपाली विधार्थी राजनितीमा सक्रिय छन । हाल अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहेका नेपाली । पार्टीको भित्रका संगठन बाहेक जिल्लामा रहेका विभिन्न सामाजिक संस्थामा रहेर पनि थुप्रै काम गरेका छन।
जिल्ला सदस्यमा निर्वाचित भएपछी नेपालीले भन्छन‘ म उपसचिवकाे उम्मेदवारी दिने तयारीमा थिए पछि पार्टी संगठन विभागकाे परिपत्रले गर्दा उक्त पदमा मिलेन र पार्टीले मलाई बिश्वास गरेर यो जिम्मेवारीमा पुर्याउनु भएको छ ।
पार्टी नेता कार्यकर्ता र जनताकाे भावनाको अनुरुप काम गर्ने पुरानालाई सम्मान गर्ने राजनीतिमा बढ्दो युवा आकर्षणलाई निरास हुन् नदिने नविनतम कार्यक्रम लिएर गाउँगाउँमा जाने नेकपा एमालेकाे विचार ,सिद्धान्त , नीति कार्यक्रम बुझाउने युवाहरलाई राजनिती प्रती विशेषगरी नेकपा एमालेमा आकर्षण गर्ने मेरो दायित्व हो।
राजनीतिमा अब युवा पुस्ताकाे नेतृत्व खाँचो छ। भन्ने आबश्यकता देखेर जिल्ला सदस्य बन्ने निधो गरे । उनले अब पार्टी भित्र हुने गुटबन्दीकाे अन्तय गर्ने र युवा विधार्थीका मुद्दालाई अगाडि सारेर उनिहरुका मुद्दालाई स्थापित गर्न लाग्ने बताए ।