अर्घाखाँचीमा यो बर्ष पनि माघे संक्रान्ति मेला तथा कृषि मेला प्रदर्शनी नहुने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा माघे संक्रान्तिको अवसरमा कृषि मेला  प्रदर्शनी नहुने भएको छ । 
सन्धिखर्क लगायत जिल्लाभर यस वर्ष माघ १ गते माघे संक्रान्ति मेला तथा कृषि मेला  प्रदर्शनीका कुनै औपचारिक कार्यक्रम नहुने भएको हो ।
सन्धिखर्क, चुत्राबेसीको बाँगी खोलामा माघ १ गते मकर मेलामा विभिन्न औपचारिक कार्यक्रम गरिँदै आएकोमा यो बर्ष पनि फेरि कोरोना बढेको कारण कुनै कार्यक्रम नगरिने सन्धिखर्क नगरपालिकाले जानकारी दिएको छ । 
यस बर्ष विगतका बर्ष जस्तो कुनै कार्यक्रम नराखिएको भए पनि स्वस्फुर्त रुपमा गएर पूजा पाठ गर्न भने रोक नलगाइएको बताइएको छ ।  मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म गर्न सकिने बताइएको छ । 

अन्य समाचारहरु