अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा भौतिक रुपमा नियमित रुपमा विद्यालयहरु सञ्चालन हुने भएका छन् ।
मालारानी गाउँपालिकाका सबै विद्यालयहरुमा भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन हुने भएका छन् ।
यहाँ शैक्षिक सत्र २०७८ सालको हिउँदे विदा पौष १८ गतेदेखि ३० गतेसम्म रहेको र माघ १ गते माघे संक्रान्तिको विदाका कारण अब मालारानी गाउँपालिकाका सबै विधालय माघ २ गतेदेखि नियमित खुल्नेछन् ।