अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा माघे संक्रान्तिको अवसरमा माघ २ गते आईतवार सार्वजनिक विदा दिएको छ ।
गत वर्ष जस्तै जिल्लामा माघे संक्रान्तिको अवसरमा माघ २ गते आईतवार सार्वजनिक विदा दिएको हो ।
उता सदरमुकाम सन्धिखर्कमा माघे संक्रान्तिको अवसरमा कृषि मेला प्रदर्शनी नहुने भएको छ ।
सन्धिखर्क लगायत जिल्लाभर यस वर्ष माघ १ गते माघे संक्रान्ति मेला तथा कृषि मेला प्रदर्शनीका कुनै औपचारिक कार्यक्रम नहुने भएको हो ।
सन्धिखर्क, चुत्राबेसीको बाँगी खोलामा माघ १ गते मकर मेलामा विभिन्न औपचारिक कार्यक्रम गरिँदै आएकोमा यो बर्ष पनि फेरि कोरोना बढेको कारण कुनै कार्यक्रम नगरिने सन्धिखर्क नगरपालिकाले जानकारी दिएको छ ।
यस बर्ष विगतका बर्ष जस्तो कुनै कार्यक्रम नराखिएको भए पनि स्वस्फुर्त रुपमा गएर पूजा पाठ गर्न भने रोक नलगाइएको बताइएको छ । मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म गर्न सकिने बताइएको छ ।