अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा संचालित अर्घाखाँची मल्टिमिडिया प्रा.लि द्वारा सञ्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज स्थापना भएको चौथो बर्ष पुरा गरि पाँचौं बर्षमा प्रबेश गरेको छ ।
सन्धिखर्क नगरपालीका २ भक्तिटोलमा रहेको प्रशिद्ध धार्मिक स्थल सिद्वेश्वर शिवालय मन्दिरको काखबाट प्रसारित रेडियोको आजैको दिन अर्थात २०७४ साल माघ १ गते एक भब्य कार्यक्रमका बिच शुभारम्भ गरीएको थियो ।
बिहान ५ बजे देखी राती ११ बजे सम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको रेडियोले सुचना ज्ञान,मनोरञ्जन र बिभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरि प्रसारण गर्दे आईरहेको छ । रेडियोलाई एफएम बेण्डको ८९ थोप्लो ८ मेगाहर्ज संगै हाम्रोपात्रो मोवाईल एप्स,लिसनिङ टु माई रेडियो मोवाईल एप्स, सन्धिपोष्ट डटकम र सन्धिखर्क एफएमको फेसबुक आईडिबाटपनि एकैसाथ सुन्न सकिन्छ ।
बार्षिकोत्सबको अबसरमा रेडियोले रेडियो सुन्ने सम्पुर्ण स्रोता, बिज्ञापनदाता, पाठक, कर्मचारी ,पत्रकार, सहयोगी संघसंस्था र शुभेच्छुकहरुप्रति हार्दिक आभार समेत प्रकट गरेको छ । बिभिन्न चुनौतीका बीच पनि सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार तथा निरन्तर सन्तुलित विचार प्रवाहको प्रतिबद्धता पनि व्यक्त गरेको छ । रेडियो प्रतिको तपाईहरूको माया, ममता, स्नेह र सहयोगले आगामि दिनहरुमा रेडियोलाई अझै अघि बढ्न थप प्रेरणा मिल्नेछ ।