अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा १८ वर्ष माथिका लक्षित जनसंख्या १ लाख ३३ हजार ६ सय ५५ जनामा ३० हजार ३ सय ५ जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन पाएका छैनन् ।
जिल्लामा १८ वर्ष माथिका लक्षित जनसंख्यामा ३० हजार ३ सय ५ जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन नपाएका हुन् ।
लक्षित जनसंख्यामा अहिलेसम्म १ लाख ३ हजार ३ सय ५० जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ७७.५५ प्रतिशत हो । यस्तै ८७ हजार ८ सय ८४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ६९.५४ प्रतिशत हो ।
यस्तै जिल्लामा ४५ हजार ७ सय ४४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ ।
यस्तै २९ हजार ९४ जनाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । अर्घाखाँची जिल्लामा जम्मा २ लाख १८ हजार ५ सय ९४ मात्रामा खोप आएको थियो ।
उता जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ ।
जिल्लामा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाइसकेकालाई यही माघ २ गतेदेखि तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको हो । स्वास्थ्य सेवा विभागका अनुसार माघ २ गतेदेखि अग्र पंक्तिमा खटिने सबैलाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ ।
साथै माघ १४ गतेदेखि ६० वर्ष माथि र पूर्ण खोप लगाएका सबैलाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ ।