हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची कविर उपाशक समाज ,नेपाल अर्घाखाँचीले शनिवार एक कार्यक्रम बिच प्रगतिशील दाईजाे रहित विवाह सम्पन्न गरेकाे छ ।
सन्धिखर्क नगरपालिका ११ डिभर्ना स्थित पिता बिष्णु के.सी र माता कमला के.सी कि कान्छी सुपुत्री बधु रेखा के.सी .र बारबर्दिया नगरपालिका ५ निवासि पिता मदन आचार्य र माता विमला आचार्य का कान्छा पुत्र विपिन आचार्य बिच विवाह सम्पन्न भएको हाे ।
बधु अग्रेजी बिषयमा ब्याचलर सक्कायर अध्ययनकाे क्रममा छन् भने वर ले बर्दियामा स्वास्थ्य क्षेत्रमा केही बर्ष देखी जागिरे हुनुहुन्छ ।
उक्त विवाहमा कुनै खर्च नहुने मन र बिचार मिल्ने आध्यात्मिक बिचारले प्रेरित शन्त रामपाल जी महाराजका शुष्य वर वधु बिच भगवान कविर परमात्मा लाई साछि राखेर १७ मिनटकाे आरतीमा वर पक्षका आठ जना र बधु पक्षका परिवार मात्र जम्मा भई भगत समाजकाे निम्न उपस्थिति मा बिबाह (रमेनी ) सम्पन्न भएको कविर उपाशक समाज का जिल्ला संयाेजक कृष्ण के.सीले बताउनु भएको छ ।
उहाँले अर्घाखाँची मा याे संस्था २०७७ मा बिधिबत दर्ता भई आध्यात्मिक क्षेत्रमा सचेतना फैलाउन लागि परेकाे बताउनु भयाे ।
उहाँले सबै धर्महरूकाे उद्गमस्थल बेद भएको बताउँदै हिन्दु धर्मकाे संरक्षणकाे लागि बेद र गिताले बताएकाे भक्ती साधना अबलम्बन गर्दै हिन्दु धर्मकाे संरक्षण सम्बर्द्धनमा लाग्नु पर्ने बताउनु भयाे ।
भगत राज काेईरालाले कार्यक्रम सन्चालन गर्दै धर्म देखाउने नभएर धारणा गर्ने चिज भएको बताउँदै बस्त्र पहिरेर , खरानी घसेर वा मठ मन्दिर गएर मात्र धार्मिक हुने नभै धर्म त असल कर्ममा पराेपकार ,सेवाभावमा रहेकाे बताउनु भयाे । उहाँले मानव शत्रु काम ,क्राेध ,लाेभ माेह ,अहंकार भएकोले त्यसलाई त्याग्न सके मानव जुनी सुखि हुने बताउँदै त्यस्काे लागि मानिस आध्यात्मिक मार्गमा समाहित हुनु पर्ने बताउनु भयाे ।
विवाह कार्यक्रममा केही बर्ष अघि दुबै द्रिष्टि गुमाएका र भक्तिका कारण फेरि देख्न सक्ने भएको बताउने धार्मिक तथा सामजिक ब्यक्तित्व शाेव बहादुर खत्रिले अहिले संस्था धार्मिक जागरण अभियानमा लागेकाे बताउनु भयाे , उहाँले संस्थाले अहिले जिल्ला भरि प्रशासनकाे स्वीकृति लिएर पुस्तक सेवा प्रदान गरेकाे बताउनु भयाे ,बेद र गिता तथा हिन्दु धर्मका ग्रन्थमा आधारित गुरु शन्त रामपाल जी महाराज बाट लिखित पुस्तक ज्ञान गंगा , गिता तिम्रो ज्ञान अमृत ,जिउने मार्ग लगायतका पुस्तक अनलाईन तथा ब्यक्ति सम्पर्क बाट निशुल्क तथा सेवार्थ निम्न शुल्क लिएर बितरण गरिएकाे बताउनु भयाे । उहाँले समाजिक बिकृती बिसंगति हटाउँदै आध्यात्मिक चेतनाले भरिएको अनुशासित र सुखि समाज निर्माण गर्न सबै धर्म समुदाय हातेमालाे गरेर अघिबड्नु पर्ने मा जाेड दिनु भयाे ।
कार्यक्रम मा वर तथा बधुले समाजमा शान्ति एवं भाईचारा कायम गर्दै हिंसा रहित पवित्र समाज निर्माण गर्न परमात्माकाे मार्गमा लागिरहने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
समाजमा दाईजाे प्रथा उन्मुलन भईसक्दा पनि याे वा त्याे नाम मा दाईजाे दिने चलन समाजमा अझै हटेकाे देखिन्न । अहिले छाेरि चेली विवाह गरेर पठाउँदा टीका टाला गरेर लाखौंका झिटिझाम्टा र नगद दिने र तामझाम सहित खर्चिलाे भाेजभतेर गर्ने चलन दाईजाे प्रथा कै अर्काे रूप हाे । तराईमा अझै पनि दाईजाे कै कारण गरिव परिवारका छाेरिहरूकाे विवाह हुन नसकेकाे समाचारहरू सुन्नमा आईरहन्छन् । यसैले समाज रूपान्तरण गर्ने हाे भने सामन्तबादि,पूजिवादि चिन्तन चरित्रकाे अन्त्य गर्दै कविर उपासक समाजले जस्तै यस्ता समाज रूपान्तरणका कार्य सबैले गर्न सके सु संस्कृत समाज निर्माणकाे अभियानमा टेवा पुग्ने देखिन्छ ।