केरुङ्गामा आगलागीले खरानी भएको घर विवेकशील साझा पार्टीले बनाईदिएपछि थापा परिवार दंग


हरिप्रसाद भुसाल 
केरुङ्गा, अर्घाखाँची । गत  चैत्र २० गते जंगलमा लागेको आगोले घरको नाम निशानै उडाइदिएपछि घरबारविहिन बनेका अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड  नं. ४ केरुङ्गाको धरमपानीका नारायण बहादुर थापा यतिवेला दंग छन् ।
दुई बुहारी, दुई छोरा र श्रीमान श्रीमती गरी सात जनाको परिवार रहेको घर आगोले खरानी बनाइदिएपछि परिवारको विचल्ली भयो । आगो लागेर घरबार बिहिन बनेका थापा परिवारको लागि विवेकशील साझा पार्टी वरदान बनेपछि नयाँ घरमा बस्न पाएका थापा परिवार यतिवेला दंग बनेको हुन् ।
आर्थिक अवस्था अत्यन्तै दयनिय रहेका उनीहरुको विचल्ली भएपछि विवेकशील साझा पार्टी अर्घाखाँचीका नेता स्थानीय पशुपति पाण्डेको सक्रियतामा नयाँ घर बनेपछि आफुहरुको ठूलो घाउ पुरिएको पिडित नारायण थापा मगरले बताउनुभयो ।
“पशुपति सरहरुको सहयोगमा नयाँ घर बन्यो”  पालिका अपडेट डटकमसित कुरा गर्दै थापाले भन्नुभयो “पशुपति जीहरुले सम्पूर्ण सामान किनिदिनुभयो, गाउँलेहरुले काठ सहयोग गर्नुभयो । केही ऋण लागेपनि अहिले राम्रो घरमा बस्न पाएका छौं । हामी निकै खुसी छौं ।”
अवस्था अत्यन्तै दयनिय देखिएपछि आफुहरुले सहयोग गरेको पाण्डेले बताउनुभयो । “उहाँ आफै मिस्त्री हुनुहुने रहेछ, मिस्त्रीको व्यवस्थापन तपाई आफै गर्नुस भन्यौं ।” पाण्डेले भन्नुभयो “यस बाहेक किन्नपर्ने सवै सामान हामीले किनिदिएका हौं ।”
आगलागी भएको खबर थाहा पएर हाम्रो पार्टीको अर्घाखाँची जिल्ला कमिटी टिम उद्वार तथा राहतका लागि घटना स्थलमा उपस्थित भई त्यहाको आवश्यकतालाई अवलोकन गयौं ।” पाण्डेले भन्नुभयो “पीडितको अति नै दयनीय अवस्था देख्दा उहाँलाई  घरको अति आवश्यकता परेको महसुस गरि घर निर्माणकार्यमा हाम्रो ध्यान केन्द्रित भयो र हामिले उहाँ सङ्ग घर बनाइदिने बाचा गर्यौं ।”
पाण्डेका अनुसार काटी, जस्तापाता, सिमेन्ट, बालुवा, ढुंगा जस्ता घर निर्माणको लागि किन्नपर्ने सवैजसो सामान पार्टीले सहयोग गरेको हो । पार्टी केन्द्रले समेत करीव ९४ हजार सहयोग गरेको थियो । “बाँकी हामीले विभिन्न दाताबाट संकलन गरेका हौं ।” पाण्डे सम्झन्छन् “महेन्द्र विद्यावोध विद्यालयका कक्षा ८, ९ र १० मा पढ्ने ८० जना विद्यार्थीले व्यक्तिगत रुपमा पैसा उठाएर रु ८ हजार ५ सय रुपियाँ सहयोग गरेका थिए ।”

अन्य समाचारहरु