अशोक खनाल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ‘भूकम्पीय सचेतना : सुरक्षीत संरचना’ भन्ने नाराको साथ २४ औं राष्ट्रिय भुकम्प दिबस २०७८ को भुकम्प स्मृति तथा भुकम्पिय पूर्वतयारी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यलय मा सम्पन्न अन्तक्रिर्या कार्यक्रम मा जिल्ला स्थित शुरक्षा निकायका प्रमुख , जिल्ला समन्वय अधिकारी ,स्थानीय निकायका प्रतिनिधि हरु,उधोग बाणिज्य संघ ,सरोकार वाला कार्यलय का प्रमुख तथा प्रतिनिधि हरु,नेपाल रेड्क्रस सोसाइटी सभापति नेपाल पत्रकार महासंघ प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रममा जिल्ला रेड्क्रस सोसाइटी का सभापति कुशल भुसाल ले भुकम्प आउदा धेरै मानिस हरुको घर भत्किदा, उद्वार नहुदा र उपचार नपाउदा धेरै मानिसले ज्यान गुमाएको उल्लेख गर्दै आउनु पुर्ब गरिराख्ने तयारी तथा भुकम्प आइ रहेको अबस्थामा के गर्ने भन्ने बिषयमा प्रीजनटेशन गरेका थिए ।
कार्यक्रममा स्थानीय पालिकाका प्रतिनिधिहरुले आ-आफ्ना पालिका हरुमा भुकम्प प्रतिरोधात्मक घर बनेका र पालिका स्तरीय कार्यबिधी बनाइ सकिएको जानकारी गराइएको थियो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी नुमराज पन्थीले गर्नु भएको थियो ।