अर्घाखाँचीमा कोरोना विरुद्धको खोप पूर्ण मात्रा लगाउने ६९.५४% | पहिलो मात्रा लगाउने ७७.५५ %


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा १८ वर्ष माथिका लक्षित जनसंख्या १ लाख ३३ हजार ६ सय ५५ जनामा अहिलेसम्म १ लाख ३ हजार ३ सय ५० जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ७७.५५ प्रतिशत हो ।  यस्तै ८७ हजार ८ सय ८४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ६९.५४  प्रतिशत हो ।
यस्तै जिल्लामा ३० हजार ३ सय ५ जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ । भने ४५ हजार ७ सय ४४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ । 
यस्तै २९ हजार ९४ जनाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । अर्घाखाँची जिल्लामा जम्मा २ लाख १८ हजार ५ सय ९४ मात्रामा खोप आएको थियो ।         
यस्तै जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ । 
जिल्लामा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाइसकेकालाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार  अग्र पंक्तिमा खटिने सबैलाई  तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ । 
साथै माघ १४ गतेदेखि ६० वर्ष माथि र पूर्ण खोप लगाएका सबैलाई  तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ । 

अन्य समाचारहरु