हंसपुर गाविस – ४ का पुर्व वार्ड अध्यक्ष हुमिन्द्र बहादुर राउतकाे ६९ वर्षको उमेरमा निधन


अर्घाखाँची डट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची ( अर्घाखाँची डट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ६ साविक हंसपुर गाविस वार्ड नं. ४ का पुर्व वार्ड अध्यक्ष हुमिन्द्र बहादुर राउतकाे निधन भएका छ ।  
साविक हंसपुर गाविस वार्ड नं. ४ मेहेलपानी निवासी पुर्व वार्ड अध्यक्ष हुमिन्द्र बहादुर राउतकाे आज सोमवार ६९ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएका हो । राउत लामो समय बिरामी हुनुहुन्थ्यो । 
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दलबहादुर भट्टराईले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार  नेकपा (एमाले) का संगठित सदस्य समेत रहेका राउत २०५४ सालमा हंसपुर ४ का निर्वाचित वार्ड अध्यक्ष, २०५९ मा कार्यकाल समाप्त भए तापनि २०७४ सालसम्म स्थानीय निकायकाे निर्वाचन नभएकोले निरन्तर समाजसेवामा संलग्न रही आउनु भएको थियो । 
पुर्व वार्ड अध्यक्षको निधनले सिंगाे मेहेलपानी गाउँ नै शाेकमग्न भएको छ ।
स्व.राउतका श्रीमाति फुर्सी राउत तथा ३ छाेराहरु दुर्गा राउत, चेतबहादुर राउत र तारा राउत रहेका छन् ।