अर्घाखाँची जिल्ला प्रशासनले अब स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा दिने (यस्तो छ दैनिक तालिका)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासनले स्थानीय तहलाई आलोपालो सेवा दिने भएको छ । 
अर्घाखाँची जिल्ला प्रशासनले कोरोना संक्रमण बढ्दै गएको भन्दै  स्थानीय तहलाई राहदानी, नागरिता, राष्ट्रिय परिचय पत्र जनजाती, दलित प्रमाणिकरण लगायतका सम्पूर्ण सेवाहरु आगामी माघ ६ गतेदेखि आलोपालो दिने भएको हो ।
प्रशासनले जारी गरेको सुचना अनुसार पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका सेवाग्राहीहरुलाई आईतवार, मंगलवार र विहिवारको दिन छुट्टाईएको छ । 
यस्तै मालारानी गाउँपालिका,  सन्धिखर्क नगरपालिका  र छत्रदेव गाउँपालिकाका सेवाग्राहीहरुलाई सोमवार, बुधवार र शुक्रवारको दिन छुट्टाईएको छ ।

अन्य समाचारहरु