केशब खड़का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको वाङलामा बिक्रम सम्बत १९९९ साल कार्तिक १९ जन्मनु भएका मूर्धन्य शिक्षाविद स्व. ज्ञानहरि आचार्यलाई गुल्मीबासीले आफ्नो इतिहासको पानामा सुरक्षित राखी भावी पुस्ता माझ स्मरण गराउन रेशुङा क्याम्पस तम्घासमा सालीक निर्माण गरेका छन् ।
आचार्यको स्वगारोहण भएको २०६७ साउन ०२ को भोलीदेखि निर्माणको परिकल्पना गरेर करिब मुत्यु भएको एक वर्ष भित्र सालिक निर्माण गरि नेपाल सरकारका तत्कालीन शिक्षा मन्त्री दिनानाथ शर्माले २०६८ पौष १५ गते रेसुङा क्याम्पस प्राङण भित्र उहाको अर्धकदको सालिक अनाबरण गर्नुभएको थियो | स्व. आचार्य रेसुङा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुनु हुन्छ | रेसुङा बहुमुखी क्याम्पसको स्थापनामा उहाको अतुलनीय योगदान छ |
२०२२ साल देखि गुल्मीको तम्घासमा अबस्थित श्री महेन्द्र माध्यमिक बिधालयमा शिक्षण कार्य शुरु गर्नु भएका स्व. ज्ञानहरि आचार्य उक्त बिधालयमा लामो समय सम्म प्रधानाध्यापकमा रहेर कार्य गर्नु भएको थियो | गुल्मीको तम्घासमा रहदा उहाँको परिकल्पनामा रेसुङा बहुमुखी क्याम्पसको स्थापनाको निर्माण कार्यले रुप लिएको थियो |
यस्तै २०३६ सालदेखि रेसुङा क्याम्पस पुर्बाधार निर्माण शुरु गरेर २०३९ सालदेखि रेसुङा बहुमुखी क्याम्पसमा पठन पाठन कार्य शुरु गरिएको थियो | लामो समयसम्म गुल्मीको शिक्षा क्षेत्रको बिकासमा अहम भुमिका निर्बाह गर्नु भएका स्व. ज्ञानहरि आचार्यलाई गुल्मीबासीले निर्विरोध रास्तृय पंचायतको सद्स्य दिदा उहाँले अस्विकार गर्नु भएको थियो | उक्त पद अस्विकार गरेर रेसुङा बहुमुखी क्याम्पसलाई मजबुत बनाई सकेपछि गुल्मी तम्घासका बिदअत व्यक्तित्व शसी पन्थिलाई रेसुङा क्याम्पसको निमित्त क्याम्पस प्रमुख पद हस्तान्तरण गर्नु भएको थियो |
उता अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा २०४२ सालमा आएर स्व. ज्ञानहरि आचार्यले पाणिनी क्याम्पस निर्माणको पुर्बाधार शुरु गरेर २०४५ साल देखि पठन पाठन कार्य शुरु गर्नु भएको थियो | आचार्य पाणिनी क्याम्पसको संस्थापक क्यापस प्रमुख हुनु हुन्छ | आज यस पाणिनी बहुमुखी क्याम्पसमा मानविकी, शिक्षा, ब्यबस्थापन सङकायको स्नातक र स्नातकोत्तर कक्षाको पठन पाठन कार्य भैरहेको छ | पाणिनी क्याम्पसमा हजारौँ बिद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् ।
पाणिनी क्याम्पसमा अहिलेसम्म प्राधापक, कर्मचारी लगायत अन्य हजारौँले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी लिएका छन् | अर्घाखाँचीबासी उच्च शिक्षा अध्यायनको लागि बाहिरी जिल्ला जानु पर्ने बाध्यतादेखि मुक्त छन् | यस्ता शिक्षाका पबित्र स्थल स्थापना गर्न अहम भुमिका निर्वाह गर्नु भएक स्व. आचार्यको प्रतिमा आज उहाँको स्वर्गारोहण भएको करिब ११ वर्ष हुँदासम्म पनि पाणिनी क्याम्पसको प्राङणमा निर्माण नहुनु अत्यान्त दुखत छ |
अर्घाखाँचीडट्कममा स्व. ज्ञानहरि आचार्यको गुल्मी स्थित रेसुङा बहुमुखी क्याम्पस तम्घासमा अबस्थित अर्ध कद को शालिक फ़ोटो प्रकासित भएपछि अत्यधिक सामाजिक सन्जालमा भाइरल भैरहेको छ | साथै पाणिनी क्याम्पस सन्चालन समिति, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी, पुर्ब बिद्यार्थी लगायतले उहाँको शालिक निर्माणको पहल गर्न सामाजिक सन्जाल अत्यधिकले ध्यानाकर्षण गराएका छन् ।