अर्घाखाँची जिल्ला प्रशासनमा अबदेखि सेवाग्राहीलाई कोरोना विरुद्धको खोप कार्ड अनिवार्य


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासनमा अबदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको छ । 
जिल्ला प्रशासनमा भोलि माघ ७ गतेदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना अर्थात कोभिड–१९ विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको हो ।
सेवाग्राहीको कार्ड बाहिर गेटमा चेक गरेर मात्र भित्र प्रवेश दिईनेछ । भने कार्ड नभएकाले सेवा पाउने छैनन् ।  
उता जिल्ला प्रशासन अर्घाखाँचीले कोरोना संक्रमण बढ्दै गएको भन्दै  स्थानीय तहलाई राहदानी, नागरिता, राष्ट्रिय परिचय पत्र जनजाती, दलित प्रमाणिकरण लगायतका सम्पूर्ण सेवाहरु आजदेखि आलोपालो दिन शुरु गरेको छ । 
प्रशासनले जारी गरेको सुचना अनुसार पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका सेवाग्राहीहरुलाई आईतवार, मंगलवार र विहिवारको दिन छुट्टाईएको छ । 
यस्तै मालारानी गाउँपालिका,  सन्धिखर्क नगरपालिका  र छत्रदेव गाउँपालिकाका सेवाग्राहीहरुलाई सोमवार, बुधवार र शुक्रवारको दिन छुट्टाईएको छ ।

अन्य समाचारहरु