बसन्त श्रेष्ठ | अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको दुर्गाफाँटमा कर्मचारीहरुको पेशागत संगठन नेपाल निजामती कर्मचारी संगठन पाणिनी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
दुर्गाफाँटमा कर्मचारीहरुको पेशागत संगठन नेपाल निजामती कर्मचारी संगठन पाणिनी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको हो ।
अधिवेशनले शोभाखर भुसालको अध्यक्षतामा १५ सदस्यीय नेपाल निजामती कर्मचारी संगठन पाणिनि गाउँपालिका कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा कमल न्यौपाने, सचिवमा चन्द्रमणी भट्टराई र कोषाध्यक्षमा बिरेन्द्र गौतम रहनुभएको छ । यस्तै सदस्यहरुमा दिपक घिमिरे, दधिराम अधिकारी, बबिता थापा, बिमला भट्टराई, तुलसा पौडेल, प्रीन्स सारु, तारा बहादुर रायमाझी रहनु भएको छ । यस्तै सल्लाहकारमा क्रमश राम प्रसाद घिमिरे, जगदिश घिमिरे, उमानाथ पौडेल र नरेन्द्र पराजुली लगायतका रहनु भएको छ ।
पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका सदस्य लालमणी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पाणिनी गाउँपालिका उपाध्यक्ष जिवलाल घिमिरेको प्रमुख अथित्यता रहेको थियो । प्रमुख अथिति घिमीरेले कर्मचारीको हकहितको संरक्षण र सम्र्बद्धनका लागि नेपाल निजामती कर्मचारी संगठन पाणिनि पालिका कमिटिलाई लाग्न निर्देशन समेत दिनुभयो । घिमीरेले कर्मचारीहरुले छिटो छरिटो सेवा दिने र अब्बल साबित गर्नुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि नेकपा एमाले पाणिनि गाउँपालिका कमिटी सचिव गुनाखर अधिकारीले कर्मचारीको पेशागत हकहितलाई ध्यानमा राख्दै सञ्चा राष्ट्रसेवकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा सिबिय उपाध्यक्ष हरि डुम्ब्रे, सिबिय सदस्य नरेन्द्र पराजुली लगायत करिव २५ जनाको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा राम प्रसाद घिमिरेको स्वागत र संगठनका सदस्य शालिक गैरेको सञ्चालन रहेको संगठनका जिल्ला सचिव गणेश प्रसाद भण्डारीले जानकारी दिनुभयो ।