पारस भट्टराई
ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं ६ ठुलापोखराको धनमुडामा वर्षौंअघि गाडिएका बिजुलीका पोल जीर्ण हुँदा स्थानीय त्रासदीसँगै जोखिम मोलेर बिजुली बाल्न बाध्य छन् ।
ठुलापोखराको धनमुडामा वर्षौंअघि गाडिएका बिजुलीका पोल जीर्ण हुँदा स्थानीय त्रासदीसँगै जोखिम मोलेर बिजुली बाल्न बाध्य हुन् ।
बिजुलीको पोल ढल्न लागेको धेरै समय हुँदा पनि अहिलेसम्म मर्मत हुन सकेको छैन् । स्थानियबासी भन्छन्; “पोल ढल्न लागेको र तारहरुले घाँसपातमा छुदा कतिखेर के हुन्छ त्यो कसैलाई थाहा छैन् । घरमाथिबाट तारहरु खस्दा घरमा रहेका बालबच्चा र बुढा बुढी लाई करेन्ट लाग्न सक्छ। रुखहरुले तारलाई छुदा समेत जिम्मेवार निकाय मौन बसेको भन्दै स्थानीय चिन्तित छन्।”
“बिधुत प्राधिकरणले समयमै रुख कटान नगर्ने हो भने कुनै दिन जटिल समस्या देखापर्न सक्छ। धेरै ठाउँमा गुनासो गर्दा समेत समस्या समाधान नभएको स्थानियबासीले अर्घाखाँचीडट्कमसँग गुनासो गरे ।”
नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीले छत्रदेव गाउँपालिकाभर जीर्ण पोलहरू हटाई लाइन सुधार गर्ने भनेता पनि अहिलेसम्म कार्यान्वयन भएको छैन् ।