अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेसँग गृहमन्त्री बालकृष्ण खाँणले टेलिफोनमार्फत कुराकानी गरेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेसँग टेलिफोनमार्फत भिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका हुन् ।
खाँणले कोभिड–१९ को स्थिति, एन्टिजेन परीक्षण, स्वास्थ्य सेवाकेन्द्रको अवस्था, परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु-याउन गरिएको व्यवस्था, सुरक्षा अवस्था लगायतका बारेमा जानकारी लिएका बताइएको छ ।