अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा रहेको कामना सेवा विकास बैंक लि. को शाखा बन्द भएको छ ।
ठाडा-अमराईमा रहेको कामना सेवा विकास बैंक लि. को शाखा कोरोना संक्रमण बढेको भन्दै बन्द भएको हो । बैंक अर्को सुचना नआउन्झेलसम्मका लागि बन्द रहने बताइएको छ ।
साथै ठाडाका सेवाग्राहीहरुले कपिलवस्तुको गोरुसिङेमा रहेको कामना सेवा विकास बैंकको शाखाबाट सेवा लिन सक्ने छन् ।