पाणिनी गाउँपालिकाको प्रथम गाउँसभाको १२ औ अधिवेशनमा विभिन्न योजना तथा कार्यक्रमहरु पारित (तस्वीर/भिंडियों सहित)
माघ ९ गते, २०७८ मा प्रकाशित
डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको प्रथम गाउँसभाको १२औ अधिवेशनमा विभिन्न योजना तथा कार्यक्रमहरु पारित गर्दै सम्पन्न भएको छ ।
१२औ अधिवेशनमा भएका निर्णयहरुमा आ.व २०७८/०७९ को हाल सम्मगाउँपालिकाबाट सम्पादन भएका योजना कार्यक्रम सुशासन तथा प्रविधि मैत्री सेवा प्रवाह लगायतका क्रियाकलापहरुको अर्धवार्षिकप्रगति विवरण,चालु आर्थिक वर्षको बाकी अवधिमा संशोधन गर्नुपर्ने गाउँपालिका स्तरिय कार्यक्रमहरु र वडा बाट संशोधनका लागि पेशभएका संशोधित योजना तथा कार्यक्रमहरु पारित भएका थिए ।
आज पारित ऐनहरु यस्ता छन् :
– पाणिनी गाउँपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८
-पाणिनी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८
– पाणिनी गाउँपालिकाको कर्मचारी समायोजन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८,पाणिनी गाउँपालिकाकोमहालेखा परिक्षकको कार्यालय र आन्तरिक लेखा परिक्षकले लेखापरिक्षण गर्दा औल्लाएका बेरुजुहरुको सम्बन्धमा गाउँपालिकाकोलेखा समितबाट पेश भएको प्रतिवेदन छलफल गरि पारित गरेएको थियो ।
पाणिनी गाँउ पालिका सभाहलमा सम्पन्न कार्यक्रम मापाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम,प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे सहीतजनप्रतिनिधी,कर्मचारि पत्रकार को उपस्थित मा सभा सम्पन्न भएको छ । आज सम्पन्न सभामा पालिका अध्यक्ष अच्युत गौतम ले आजसम्म सहयोग गर्दै पाणिनीको विकासमा योगदान पुर्याउने सवैलाई धन्यवाद दिदै सभाको समापन भएको घोषणा गर्नुभएको थियो । तस्वीर डिआरजी सुमन/अर्घाखाँची