अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई अब मोबाइल चार्जको सुविधा


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासनमा सेवा लिन आउने सेवाग्राहीको लागि चार्जिङ स्टेशनको व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूको लागि नेपाल टेलिकमको सहयोगमा चार्जिङ स्टेशनको व्यवस्था गरिएको हो । योसँगै अब सेवाग्राहीहरूले सहजै आफ्नो मोबाइल चार्ज गर्न सक्नुहुनेछ ।
उता जिल्ला प्रशासनमा सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना अर्थात कोभिड–१९ विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने नियम लागु भएको छ ।
सेवाग्राहीको कार्ड बाहिर गेटमा चेक गरेर मात्र भित्र प्रवेश दिईनेछ । भने कार्ड नभएकाले सेवा पाउने छैनन् ।  
उता जिल्ला प्रशासन अर्घाखाँचीले कोरोना संक्रमण बढ्दै गएको भन्दै  स्थानीय तहलाई राहदानी, नागरिता, राष्ट्रिय परिचय पत्र जनजाती, दलित प्रमाणिकरण लगायतका सम्पूर्ण सेवाहरु आलोपालो दिन शुरु गरेको छ । 
प्रशासनले जारी गरेको सुचना अनुसार पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका सेवाग्राहीहरुलाई आईतवार, मंगलवार र विहिवारको दिन छुट्टाईएको छ । 
यस्तै मालारानी गाउँपालिका,  सन्धिखर्क नगरपालिका  र छत्रदेव गाउँपालिकाका सेवाग्राहीहरुलाई सोमवार, बुधवार र शुक्रवारको दिन छुट्टाईएको छ ।

अन्य समाचारहरु