मैदानमा ८ दिने लघु उधमसिलता तालिम समापन (भिडिओ, तस्बिर सहित)


डिआरजी सुमन
मैदान, अर्घाखाँची मंगलवार ११ माघ २०७८ (अर्घाखाँचीडट्कम) । पाणिनी गाउँपालिका ५ मैदानमा संचालित गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत ८ दिने उधमसिलता तालिममा मैदानमा समापन भएको छ ।
मैदानमा पाणिनी गाउँपालिकाको आयोजनामा संचालित कार्यक्रमको समापनका गर्दै पाणिनी गाँउपालिका वडा नं ५ वडा सदस्य ईश्वरा केसीले तालीम प्रभावकारी रहेको वताउनु भएकोछ । 
पाणिनी गाँउपालिका द्धारा संचालित यो कार्यक्रमले प्रत्यक्ष जनता को माँग लाई सम्बोधन गर्दै तालिममा उत्साहजनक उपलब्धिभएको वडा सदस्य पार्वता सुनारले वताउनु भयो । तालीम उद्घाटन देखी समापन सम्मको रिपोर्ट लाई मध्यानजर गर्दा तालिममा उत्साहित तवरले निरन्तरसहभागीले सहभागिता जनाएकोमा तालिम प्रभाविकारी भएकोप्रति कुनैपनि संका नरहेको उद्यम विकास सहजकर्ता दिनेश शर्माको भनाई छ ।
पाणिनी गाँउपालिका ५, मैदानमा संचालित तालिममा महिला तथा पुरुष उत्सुकताको साथ सिकाईमालाग्नुले आफुलाई पनि सिकाउदा सहजता भएको ओजेटी विद्यार्थी रिता चुदालिले भनाई छ । 
पाणिनि गाँउ पालिका ५, महिला भवनमासम्पन्न कार्यक्रममा पाणिनि गाँउ पालिका ५ वडा अध्यक्ष जीवलाल घिमिरे,वडा सदस्य ईश्वरा केसी,पार्वता विक,स्वतंत्र पत्रकारडिआरजी सुमन,उधम बिकास सहजकर्ता दिनेश शर्मा,डम्बर डागी,ओजेटी रिता चुदाली,सरस्वती नेपाली र सुनिता राउतको उपस्थितिमाकार्यक्रम समापन भएको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु