अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाली स्वास्थ्य चौकीमा पुर्ण खोप सुनिस्चितता तथा दिगोपनाको लागी वार्ड स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिका तथा पाली स्वास्थ्य चौकीको आयोजनामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपनाको लागी वार्ड स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको हो ।
बैठकमा खोप कार्यक्रमको समिक्षासँगै आगामी दिनमा स्वास्थ्यकर्मीबाट पुर्ण खोप सुनिस्चितताका लागि घरधुरी सर्भे लगायतका क्रियाकलाप बारे जानाकारी गराइएको थियो ।