अर्घाखाँचीको जनसंख्या घट्यो, दश वर्षमा २०,४३२ कम भयो ( जिल्ला र सबै पालिकाको जनसंख्या हेर्नुस्)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको छ । 
२०७८ सालको जनगणनामा जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको हो ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जनगणना विवरण अनुसार जिल्लामा पुरुष भन्दा १५ हजार १ सय ७४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा जिल्लामा महिलाको जनसंख्या ९६,१८७ र पुरुषको जनसंख्या ८१,०१३ रहेको छ ।  
 केन्द्रीय तथ्यांक विभागका अनुसार २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर -१ दशमलव ०५ प्रतिशतले कमी आएको छ। जस अनुसार अर्घाखाँचीमा २० हजार ४ सय ३२ ले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ। 
जिल्लाको जनसंख्यामा कमी आउनु जन्मदर र बसाइँसराइका कारण भएको हो । 
साथै जिल्लामा घर संख्या ४५,१९ रहेको छ । र परिवार संख्या ४९०८० रहेको छ ।  यस्तै सबै ६ पालिकाहरुमा पुरुष भन्दा बढी महिलाको जनसंख्या रहेको छ । अर्घाखाँचीडट्कम
जिल्लाका ६ पालिकाको जनसंख्या यस्तो छ:- 

सन्धिखर्क नगरपालिका
जनसंख्या: ४२,५२८   अर्घाखाँचीडट्कम
महिला: २३,०२१ 
पुरुष: १९,५०७ 

भूमिकास्थान नगरपालिका  अर्घाखाँचीडट्कम
जनसंख्या: २८,३१७   अर्घाखाँचीडट्कम
महिला: १५,६३० 
पुरुष: १२,६८७ 

 शितगंगा नगरपालिका
जनसंख्या: ३७,८८८   अर्घाखाँचीडट्कम
महिला: २०,१०१ 
पुरुष:१७,७८७  

मालारानी गाउँपालिका 
जनसंख्या: २३,७८०   अर्घाखाँचीडट्कम
महिला: १३,०३३ 
पुरुष: १०,७४७      

पाणिनी गाउँपालिका
जनसंख्या: २२,३३०   अर्घाखाँचीडट्कम
महिला: १२,२६६ 
पुरुष: १०,०६४ 

छत्रदेव गाउँपालिका
जनसंख्या: २१,६९१   अर्घाखाँचीडट्कम
महिला: १२,०१५ 
पुरुष: ९,६७६   अर्घाखाँचीडट्कम

Republication, copying or redistribution by any means is expressly prohibited without the prior written permission of The Arghakhanchi.Com. For permission to use the content on the Arghakhanchi.Com’s website, please contact info@arghakhanchi.org

अन्य समाचारहरु