अर्घाखाँचीमा सबै भन्दा कम जनसंख्या छत्रदेवमा २१,६९१ पुग्यो | पुरुष भन्दा २,४१९ बढी महिला (पुरा जनसंख्या विवरण हेर्नुस्)


अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको जनसंख्या २१  हजार  ६ सय ९१ पुगेको छ । 
छत्रदेव गाउँपालिकाको जनसंख्या २१  हजार  ६ सय ९ पुगेको हो । जिल्लामा सबैभन्दा कम जनसंख्या रहेको छत्रदेव गाउँपालिकामा पुरुष भन्दा २ हजार ४ सय १९ बढी महिलाको जनसंख्या रहेको छ । जसमा  महिलाको जनसंख्या १२,०१५ र पुरुषको जनसंख्या ९,६७६ रहेको छ ।     
उता जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको छ । २०७८ सालको जनगणनामा जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको हो ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जनगणना विवरण अनुसार जिल्लामा पुरुष भन्दा १५ हजार १ सय ७४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा जिल्लामा महिलाको जनसंख्या ९६,१८७ र पुरुषको जनसंख्या ८१,०१३ रहेको छ ।  
 २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर -१ दशमलव ०५ प्रतिशतले कमी आएको छ। जस अनुसार अर्घाखाँचीमा २० हजार ४ सय ३२ ले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ। 
जिल्लाको जनसंख्यामा कमी आउनु जन्मदर र बसाइँसराइका कारण भएको हो । 
साथै जिल्लामा घर संख्या ४५,१९ रहेको छ । र परिवार संख्या ४९०८० रहेको छ ।  यस्तै सबै ६ पालिकाहरुमा पुरुष भन्दा बढी महिलाको जनसंख्या रहेको छ ।  
छत्रदेवको जनसंख्या यस्तो छ:- 
छत्रदेव गाउँपालिका
जनसंख्या: २१,६९१    
महिला: १२,०१५ 
पुरुष: ९,६७६

अन्य समाचारहरु