पाणिनी गाउँपालिकाको जनसंख्या २२,३३० पुग्यो | पुरुष भन्दा २,२०२ बढी महिला पुगे (पुरा जनसंख्या विवरण हेर्नुस्)


अर्घाखाँचीडट्कम संवाददाता 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको जनसंख्या २२ हजार  ३ सय ३० पुगेको छ । 
पाणिनी गाउँपालिकाको जनसंख्या २२ हजार  ३ सय ३० पुगेको हो । पाणिनी गाउँपालिकामा पुरुष भन्दा २ हजार २ सय २ बढी महिलाको जनसंख्या रहेको छ । जसमा महिलाको जनसंख्या १२,२६६ र पुरुषको जनसंख्या १०,०६४ रहेको छ ।     
उता जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको छ । २०७८ सालको जनगणनामा जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको हो ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जनगणना विवरण अनुसार जिल्लामा पुरुष भन्दा १५ हजार १ सय ७४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा जिल्लामा महिलाको जनसंख्या ९६,१८७ र पुरुषको जनसंख्या ८१,०१३ रहेको छ ।  
 २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर -१ दशमलव ०५ प्रतिशतले कमी आएको छ। जस अनुसार अर्घाखाँचीमा २० हजार ४ सय ३२ ले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ। 
जिल्लाको जनसंख्यामा कमी आउनु जन्मदर र बसाइँसराइका कारण भएको हो । 
साथै जिल्लामा घर संख्या ४५,१९ रहेको छ । र परिवार संख्या ४९०८० रहेको छ ।  यस्तै सबै ६ पालिकाहरुमा पुरुष भन्दा बढी महिलाको जनसंख्या रहेको छ ।  
पाणिनी गाउँपालिकाको जनसंख्या यस्तो छ:- 
पाणिनी गाउँपालिका
जनसंख्या: २२,३३०    
महिला: १२,२६६ 
पुरुष: १०,०६४ 

अन्य समाचारहरु