अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी -६ हंसपुरको मेहेलपानीका पुर्व वार्ड अध्यक्षको निधन भएको १२औ दिनको दिन सम्झनामा नेकपा (एमाले) शोक सभा सम्पन्न भएको छ ।
गत माघ ३ गतेका दिन ६९ बर्षको उमेरमा निधन हुनुभएका अर्घाखाँची जिल्ला हंसपुरको मेहेलपानीका पार्टीका अग्रज,२०५४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट हंसपुर गाबिस वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष हुमिन्द्र बहादुर राउत क्षेत्रीको निधन भएको १२औ दिनको दिन उहाँको सम्झनामा हंसपुर मेहलपानी स्थित उहाँको निवासमा नेकपा (एमाले) मालारानी-६ वडा कमिटीको आयोजनामा शोक सभा सम्पन्न गरिएको हो ।
पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री,लुम्बिनी प्रदेश कमिटी सदस्य दलबहादुर भट्टराई समेतका पार्टीका जिल्ला तथा स्थानीय तहका नेता,कार्यकर्ताको उपस्थितिमा सम्पन्न शोकसभामा बोल्ने बक्ताहरुले हुमिन्द्र बहादुर राउतको निधन प्रती दुख व्यक्त गर्दै पार्टीको स्थानीय नेता तथा जनप्रतिनिधिको भूमिकाको रुपमा दिवङ्गत हुमिन्द्र बहादुर राउतले पार्टी बिकास, बिस्तार र सामाजिक सेवाको काममा असाध्यै ठूलो योगदान पुर्याउनु भएको र उहाँको निधनले पार्टी र समाजमा अपुरणीय क्षति भएको बताए ।
यो शोक सभामा प्रमुख अतिथिको रुपमा आफ्नो शोक मन्तव्य व्यक्त गर्नुहुदै लामो समय सिद्धार्थ माबि हंसपुरको प्रधानाध्यापक समेत रहनु भएका एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले हुमिन्द्र राउत लोकप्रिय् र साहसिक ब्यक्ति भएकाले अप्ठ्यारो अवस्थामा पनि हंसपुर मात्र नभएर यसको आसपासका क्षेत्रमा समेत उहाँको सकृयतामा पार्टी बिकास र बिस्तार ब्यबस्थापनमा पार्टीले महत्त्वपूर्ण फड्को मारेको स्मरण गर्दै बिकासको क्षेत्रमा उहाले अगाडि सार्नुभएका अधुरा कामहरू पूरा गर्ने दायित्व पार्टी र परिवारमा आएको उल्लेख गर्नु भएको थियो ।
यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं साबिक हंसपुर गाबिसका अध्यक्ष दलबहादुर भट्टराईले हुमिन्द्र राउत असाध्यै भद्र, बिस्वासी र गतिशील जनप्रतिनिधि रहेको,२०५९ सालमा आफ्नो कार्यकाल समाप्त भए पछि पनि २०५४ देखि २०७४ सालसम्म स्थानीय तहकाे निर्वाचन नभए सम्म निरन्तर सामाजिक काम र समाजसेवामा संलग्न रहदै पार्टी र सामाजिक विकासकाे लागि समर्पित रहेकाले उहाँ स्थानीय रुपमा अत्यन्त लाेकप्रिय समाजसेवी व्यक्तित्वको रुपमा स्थापित हुनुभएको बताउनु भयो।
वडा कमिटी अध्यक्ष हिमबहादुर रानाको अध्यक्षता,सचीव तुल्सी बिक्रम ठकुरीको संचालनमा भएको शोक सभा कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीका पूर्ब उपसचीव प्रेमनारायण गैरे,जिल्ला कमिटी सदस्य एवं मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य,जिल्ला कमिटी सदस्य एवं मालारानी गाउँ पालिका उपाध्यक्ष प्रमिला क्षेत्री,जिल्ला कमिटी सदस्य ऋषिराम थापा,मालारानी गाउँ पालिका कमिटी अध्यक्ष शालिकराम आचार्य,उपाध्यक्ष बिष्णु प्रसाद मिश्र,सचीव नारायण अर्याल,झिमरुक गाउँ पालिका कमिटी प्यूठानका सचिव ध्रुवराज खनाल,मालारानी १ का वडा अध्यक्ष बालकृष्ण आचार्य,सदस्य शोभाखर खनाल,घनश्याम क्षेत्री,बिक्रम सुनार लगायत का नेताहरू सहित थुप्रै स्थानीयहरुको उपस्थिति रहेको थियो ।
दिवङ्गत हुमिन्द्र राउत क्षेत्री प्रति भावपूर्ण श्रद्धाञ्जली, जीवनसंगिनी फुर्सी राउत, छाेराहरु दुर्गा, चेतबहादुर, तारा लगायत सम्पूर्ण शाेकाकुल परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ ।