अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धारापानी र ढाकावाङमा ठुलो संख्यामा राष्ट्रिय जनमोर्चा र माओवादीका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
भुमिकास्थान ३ को धारापानी वाट ७५ र वडा नं. १ को ढाकावाङ बाट १५ गरी ९० घर परिवार नेकपा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशिहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायतका नेताहरूले स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरूमा धारापानी बाट राष्ट्रिय जनमोर्चाका नेता माधव बन्जाडे,केशव घ.म.,ठाकुर पाण्डे ,राजु खत्री,बोम बहादुर घ.म.,सुनिल भाट,मनिराम बन्जाडे,गीता बन्जाडे,गोपाल घ.म.,मीना घ.म.,जगत बन्जाडे,मनिराम बन्जाडे,सुरेश बन्जाडे,जगत बहादुर भाट,गोपाल बहादुर भाट,बसन्त भाट,टोमबहादुर भाट,मानबहादुर बि.क.,जीवन घ.म., गणेश बि.क.,केशव बि.क.,विष्णु घ.म.,श्यामबहादुर बि.क.,मानबहादुर परियार ,विन बहादुर भाट,रेशम पाण्डे ,गोविन्द परियार ,कृष्ण परियार ,टोमबहादुर पाण्डे ,लक्ष्मण परियार ,चुराबहादुर परियार ,विष्णु परियार ,विष्णु बि.क.,बालकृष्ण खनाल ,विन बहादुर बि.क.,फर्स बहादुर बि.क.,शिबबहादुर नेपाली ,खडानन्द नेपाली ,थम्मन घ.म.,कृष्ण भाट,जीवन पाण्डे ,शेरबहादुर पन्थी ,नारायण भाट,रामबहादुर पाण्डे ,विनव भाट,जीवन भुसाल ,बोमबहादुर घ.म.,प्रकाश पाण्डे ,राजुु के.सी.,मिना भाट,मिना घ.म.,बिमला भाट,जिवकला भाट,लालकुमारी भाट लगायतका ७५ घर परिवार रहनु भएको छ ।
यसैगरी भुमेकास्थान १ ढाकावाङ बाट गोपाल भुसाल ,बसन्त नेपाली ,सुरज राना,पदम राना,गनबहादुर घर्ती ,ज्ञान प्रसाद खनाल ,चेतनारायण खनाल ,नारायण खनाल ,झबिन्द्र नेपाली शालिकराम खनाल ,हुमबहादुर बि.क.,गोम बहादुर घर्ती प्रकाश खनाल समेतका १५ घरपरिवार रहनुभएको छ । पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा नेकपा एमालेेले बहुमत ल्याउने बताउनुभयो । उहाँले ५ दल मिल्दा पनि एमालेलाई जित्न नसक्ने निश्कर्षमा पुगेपछि गठवन्धनका दलहरू चुनाव सार्ने रणनीतिमा लागेको दावी गर्नुभयो । पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रायमाझीले आफु सरकारमा भए पनि नभए पनि जिल्लाको बिकासमा कुनै कमि हुन नदिने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसालले नेकपा एमालेमा प्रवेश गर्नेहरू लाई क्षमता र क्रियासिलताको आधारमा जिम्मेवारी दिईने बताउनुभयो । उहाँले नेकपा एमाले बाट मात्रै वर्गीय मुक्ति,बिकास र समृद्धि संभव भएको भन्दै पार्टीमा गोलबन्ध हुन सबैलाई अग्रह गर्नुभयो ।
नेकपा एमाले भुमिकास्थान वडा नं.३ का अध्यक्ष बुद्धि बहादुर खत्रीको अध्यक्षता , नगर कमिटीका सचिव टामलाल भट्टराईको संचालन र नेकपा एमालेका युवानेता शन्तोष बन्जाडेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा एमाले नेता तथा भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापा ,राष्ट्रिय जनमोर्चा बाट एमाले प्रवेश गर्नुभएका वामपन्थी नेता माधव बन्जाडे लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ,प्रदेश कमिटी सदस्य केवी भुसाल ,जिल्ला कमिटी सचिव तोजवहादुर रायमाझी ,एमाले नेता खगिश्वर पन्थी ,जगत बहादुर खड्का ,प्रेम थापा,झुपलाल खनाल ,गोबिन्द खड्का ,हरिबहादुर खड्का ,दामोदर भाट,यम बहादुर बन्जाडे ,शान्ता बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।
आजको पार्टी प्रवेश सँगै धारापानी र ढाकावाङमा नेकपा एमाले बलियो शक्तिको रुपमा स्थापित भएको एमाले नेताहरुको विश्लेषण छ ।