पालीको थाम देवी मन्दिर निर्माणको लागि संसद कोषबाट ५ लाख रुपैयाँ विभाजन


राज पाण्डे 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा रहेको थाम देवी मन्दिर निर्माणको लागि ५ लाख रुपैयाँ विभाजन भएको छ । 
पालीमा रहेको थाम देवी मन्दिर निर्माणको लागि लुम्बिनी प्रदेश सभा सदस्य जाल्पा भुसालको संसद कोषबाट ५ लाख रुपैयाँ विभाजन भएको हो ।
प्रदेश सभा सदस्य जाल्पा भुसालले पालीमा रहेको थाम देवी मन्दिर निर्माण  र संरचना  संरक्षण गर्नको लागि  पाँच लाख बिभाजन गरेको बताउनुभयो ।
यस मन्दिरमा बिशेष गरि दशैंको  नवदुर्गाको पुजाआराधाना गरि दशैंको तेस्रो दिन अर्थात  त्रियादशीको दिन वली दिने  तथा  पौराणिक सराय मेला नाँच   हुँदै आइरहेको छ । 

अन्य समाचारहरु