अर्घातोषको साना चेक्मीमा एकीकृत घुम्ती सेवा शिविर संचालन


अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोषको साना चेक्मीमा एकीकृत घुम्ती सेवा शिविर संचालन भएको छ । 
अर्घातोषको साना चेक्मीमा एकीकृत घुम्ती सेवा शिविर संचालन भएको हो । 
अर्घातोषको साना चेक्मीमा एकीकृत घुम्ती सेवा शिविरमा कृषि तथा पशुसेवा ,योजना सम्झौता , ब्यवसाय दर्ता ,राजश्व संकलन ,जेष्ठ नगररिक परिचयपत्र बितरण ,परामर्श सेवा ,जस्ता सेवा टोलमै गएर दिएको छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेलले जनाकारी दिनु भयो । २०७४ सालमा निर्बाचित भएर आएदेखि नै नियमित रुपमा बिभिन्न खालका शिबिर वडाहरुमा गएर निरन्तर सेवा प्रदान गदै आएको पोख्ररेलले बताउनु भयो ।
गाउँपालिकाबाट दिने सबै सेवा नागरिककोहरुकै घरआगनमा गएर प्रदान गरेपछि स्थानियहरु खुसीभएको प्रमुख प्रसाशकिय अधिकृत भेषराज पन्थले जनाकारी दिनुभयो ।
एकीकृत घुम्ती सेवा शिविरमा करिब चारसय नागरिककले सेवा लिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो । छत्रदेब गाउँपालिकाले नागरिकलाई स्थानिय सरकारगाउँमै आएको अनुभुति गराउन सुरुदेखि नै यस्ता घुम्ती सेवा शिविर संचालन गदै आएको छ ।

अन्य समाचारहरु