अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर भौतिक रुपमा नियमित रुपमा विद्यालयहरु सञ्चालन हुने भएका छन् ।
जिल्लाभर सबै विद्यालयहरुमा भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन हुने भएका हुन् ।
सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा कोरोना संक्रमण बढेको भन्दै सबै विधालय माघ १५ गतेसम्म बन्द गरिएको थियो ।
सबै विद्यालयहरुले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न लागेको बताएका छन् ।