डिआरजी सुमन
पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीमा किसान सूचिकरण सिविर सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकाको कार्यालयको आयोजनामा पाणिनी ४ पटौटीको पातले र दहका पोखरामा संचालित सिविरको पाणिनी ४ का वडा अध्यक्ष स्थानेस्वर घिमिरेले उद्घाटनमा गर्नुभएको थियो ।
नेपाल सरकार को संघ , प्रदेस र स्थानीय तहबाट प्रदान हुने अनुदानका कर्यक्रमहरुमा दोहोरोपना हटाउन तथा वास्तविक किसानकोपहिचान गरी किसानहरुलाइ डिजिटल प्रणालिमा सूचीकरण गर्दै किसान परिचयपत्र वितरण गर्नको लागि कृषकहरुको कृषि तथापशुपालन सम्बन्धी विवरण संकलन गर्ने तथा कार्यक्रमको प्रचारप्रसार गर्ने उद्देश्यले संचालित सिविरमा १८० जना किसानहरु उपस्थित भैआफ्नो विवरण दिएका थिए ।
पाणिनि गाँउ पालिका कृषि प्रविधि दधि अधिकारी,विनोद रायमाझी निर्मला पोखरेल सहितको प्राविधिक टोलीले सहजीकरण गरेकोकार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ४ वडा सदस्य शालिकराम घिमिरे, राधिका घिमिरे,स्वतन्त्र पत्रकार डिआरजी सुमन कोआथित्यता रहेको थियो ।
पाणिनि गाँउ पालिका ४ तल्ला पटौटी र उपल्लो पटौटी मा पहिलो दिन कार्यक्रम सम्पन्न भएको छ भने भोलीदोस्रो दिन वडा कार्यालय र निगाली मा कार्यक्रम आयोजन गरिएको पाणिनि गाँउ पालिका कृषि प्राविधिक दधिराम अधिकारी ले वताउनुभएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।