अर्घाखाँचीमा आज सोमवार २५ जनाले काेराेना जिते, ३२ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ३२  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २११ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०६  जना, भूमिकास्थान नगरपालिकामा १३  जना,  शितगंगा नगरपालिकामा ४२ जना,  मालारानी गाउँपालिकामा ९,       पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ८  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४८६२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१५२  जना, भूमिकास्थान नगरपालिकामा ७८७ जना,     शितगंगा नगरपालिकामा ५२४ जना, मालारानी गाउँपालिकामा ५७६ जना,  पाणिनी गाउँपालिकामा ५१३ जना  र छत्रदेव गाउँपालिकामा ३१० जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर २५ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४५५९ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २०१६  जना, भूमिकास्थान नगरपालिकामा ७५८  जना,  शितगंगा नगरपालिकामा ४६८   जना,   मालारानी गाउँपालिकामा ५५० जना,    पाणिनी गाउँपालिकामा ४६९  जना   र छत्रदेव गाउँपालिकामा २९८  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९२ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।
सोमवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु