खन, हंसपुर र बाँगीमा कांग्रेस वार्ड समितिको भेला सम्पन्न


बिष्णु खनाल 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेसका लुम्बिनि प्रदेशका प्रदेस सह महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले विकास निर्माण र जनताको सेवा गर्न कम्युनिस्टहरुले काङ्ग्रेसीबाट सिक्न जरुरी भएको बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस खन वडा समितिको आयोजनामा सविक वडा नम्वर ६ को थाममा टोल समिती निर्माण गर्ने कार्यक्रममा मन्तव्य राख्दै उहाँनले यस्तो बताउनु भएको हो । जनताले चाहेजस्तो काम गर्न नसकेको बताउदै उहाँले अब काङ्ग्रेस जनताका हरेक सुखदुःखमा साथ दिदै अगाडि बढ्ने बताउनुभयो । कम्युनिष्टको सरकारले गरेका हरेक भ्रष्टचार, बेथिती र अनियमितताको आगामी दिनमा भण्डाफोर गर्ने समेत बताउनुभयो ।
यस्तै नेपाली काङ्ग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले काङ्ग्रेस पार्टीका नेता तथा कार्यकर्ता, जनतालाई परेका समस्या समाधान गर्न लागि पर्ने बताउनुभयो । उहाँले विगतको स्थानिय चुनाबमा थोरै मतले काङ्ग्रेस पछि परेपनी आगामी स्थानिय चुनावमा काङ्ग्रेस पहिलो पार्टी बन्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा उपसभापती जुद्द प्रसाद खनालले कार्यक्रमका बारेमा प्रकाश पार्नुूभयो । यस्तै नेपाल शिक्षक संघका नेता डिलाराम पोख्रेलले साविक वडा नम्वर ६ र ५ को काङ्ग्रेस पार्टिमा भएका समस्या र वडा कार्यालयबाट विकास निर्माण लगायतका विषयबाट पछाडी पारिएको बारेमा प्रष्ट्याउनुभयो । कार्यक्रममा सहभागी काङ्ग्रेसका स्थानिय नेता कार्यकर्ताले वडा कार्यालयबाट पाउने हरेक अधिकार पाउनबाट बन्चित रहेका समस्या व्यक्त गरे । उनिहरुले वडा कार्यालयबाट सिफारिस समेत पाउन मुश्किल रहेको बताएका थिए ।
कार्यक्रममा काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रम कार्यवाहक सभापती बिनिराम पोख्रेलको सभापतित्व र सचिव रबिन खड्काको सन्चालनमा सम्पन्न भएको हो ।
यसैबीच नेपाली कांग्रेसले मालारानी गाउँपालिका वडा नं. ४ साविक वडा नं. ५ र ६ मा टोल समिति व्रिस्तार समेत गरेको छ । वडा नं. ५ को टोल समिति सभापतिमा देविराम पोख्रेल चयन भएका छन् भने उपसभापतिमा झविलाल रिजाल, सचिवमा डिलाराम खनाल, सहसचिवमा जीवन बहादुर खनाल, कोषाध्यक्षमा पार्वता खनाललाई सर्वसम्मत चयन गरिएको हो । यस्तै सदस्यहरुमा भिम प्रसाद खनाल, टेकराज ज्ञवाली, ज्ञान प्रसाद पोख्रेल, फर्स बहादुर खनाल, टोपलाल खनाल, लक्ष्मी बि.क., तिलक बि.क. र कुवारी बि.क. चयन भएका छन् ।
यता साविकको वडा नं. ६ को टोल समिति सभापति प्रेम बहादुर चुँदाली चयन भएका छन् । उपसभापतिमा लक्ष्मी खनाल र कमला खनाल, सचिवमा टेक बहादुर चुँदाली, सहसचिवमा जमुना खनाल, कोषाध्यक्षमा गोविन्द बहादुर चुँदाली, सदस्यमा विमला चुँदाली, कुल बहादुर खनाल, जीवन चुँदाली क, जीवन चुँदाली ख, बिष्णु प्रसाद पोख्रेल, दुर्गा चुँदाली, तारा बि.क., सीता खनाल, कमला बि.क., धनकला खनाल,  शोभाष बि.क., कोपिला सेजवाल चयन भएका छन् ।